• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

हालाण्ड र अल्भारेजको गोलमा सिटीको जित



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले जित निकालेको छ । गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले ब्राइटनलाई २-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन खेलको ७ औं मिनेटमा युलियन अल्भारेजले तथा १९ औं मिनेटमा एर्लिंग हालाण्डले गोल गरे । यता, ७३ औं मिनेटमा आन्सु फातीले गोल गरेपनि ब्राइटनको हार टार्न सकेनन् ।

जितसँगै सिटी ९ खेलबाट २१ अंकका सात तालिकाको शीर्षस्थानमा उक्लिएको छ । समान खेलबाट १६ अंकसहित ब्राइटन ७ औं स्थानमा छ ।