• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

क्रिकेट विश्वकप : श्रीलंकाको सान्त्वना जित, नेदरल्यान्ड्स पराजित



सदिरा विक्रमासिंघे

आइसिसी विश्वकप क्रिकेट अन्तर्गत लखनउमा सम्पन्न श्रीलंका र नेदरल्यान्ड्स बीचको खेलमा श्रीलंकाले पहिलो जित हात पारेको छ ।

नेदरल्यान्ड्सले प्रस्तुत गरेको २६३ रनको लक्ष श्रीलंकाले ५ विकेटको क्षतिमा पुरा गरेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले संघर्षपूर्ण २६२ रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि सिब्रान्ड एन्जेलब्रेक्टले व्यक्तिगत ७० रन बनाएका थिए । यस्तै लोगान भान बीकले ५९ रन बनाए ।

श्रीलंकाका लागि डिल्सान मधुशन्का र कसुन रजिथाले समान चार चार विकेट लिएका थिए । त्यस्तै महीश थिक्सनाले एक विकेट लिएका थिए ।

२६३ रनको लक्ष श्रीलंकाले १० बल बाँकी छँदै पाँच विकेट गुमाएर पुरा गरेको थियो । श्रीलंकाका लागि सदिरा विक्रमासिंघाले अविजित ९१ रन, पथुम निसान्काले ५४, चरिथ अशालन्काले ४४, धनन्जय डी शिल्भाले ३० रन बनाएका थिए ।

यो जितसँगै श्रीलंकाले ४ खेलबाट २ अंक हासिल गरेको छ, र अंक तालिकामा नवौं स्थानमा छ । नेदरल्यान्ड्स भने रन रेटका आधारमा आठौं स्थानमा छ ।