६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन

फौजीलाई कुन हो दशैं कुन हो चाड तिहार…

फौजीलाई कुन हो दशैं कुन हो चाड तिहार…
अ+ अ-

जब दशैं आउँछ सशस्त्र प्रहरीले निर्माण गरेका गीतहरु जताततै गुञ्जन थाल्छन् । दशैंको बारेमा जीवन्त तस्वीर बनेको गीतमा एक लक्का जवान बर्दीमा सजिएर बिदाका लागि आग्रह गर्छन् ।

दशैंका बेला बिदा नपाउनेहरुको पीडाका लागि उनी सामाजिक सञ्जालमा ट्रोल पनि पटक पटक बनेका छन् ।

टेलिभिजन, रेडियो वा युट्युबमा धेरै दर्शकले हेरे पनि उनको पहिचान कमैलाई मात्र थाहा छ । पर्दामा देखिने तर पर्दा पछाडिका नायक अर्थात सशस्त्र प्रहरीका अधिकृत दीपक कोइराला ।

दोलखा पबटीका दीपक अध्ययनका लागि २०४३ सालतिर काठमाडौं खाल्डोमा प्रवेश गरेका थिए । काठमाडौंको मध्यबानेश्वर स्थित रत्नराज्य माध्यमिक विद्यालयबाट स्कुले जीवन पार गरे पछि उच्च शिक्षा काठमाडौंको प्रदर्शनीमार्ग स्थित रत्नराज्य लक्ष्मी क्याम्पसबाट पूरा गरे । पत्रकारिता विषयका विद्यार्थी कोइरालाले करिब ८ वर्ष सञ्चार क्षेत्रमा पनि अनुभव हासिल गरे ।

उनका बाबु अवकाशप्राप्त नेपाली सेनाका प्रमुख सुबेदार भएका कारण छोरालाई पनि राइफलको सिरानीमा राख्ने योजनालाइ साथ दिँदै दीपक पत्रकारिता पेशालाई छाडेर शसस्त्र द्वन्द्वकालमै २०६० सालमा सशस्त्र प्रहरी सहायक निरीक्षकको रूपमा सेवा प्रवेश गरे ।

पत्रकारितामा दख्खल राखेको व्यक्ति भएकै कारण उनलाई शुरुमा सशस्त्र प्रहरीमा पनि मिडियासँग सम्बन्धित श्रव्यदृश्य शाखामा सेवा गर्ने अवसर प्राप्त भयाे । शाखामा रहँदा कोइरालालाई तात्कालीन डिएसपी रवी थापा र राघबसिंह थापासँग मिलेर अभिनय सिक्ने अवसर मिल्याे ।

२०६४ सालमा खुल्ला प्रतियोगिताबाट प्रहरी निरीक्षकमा नाम निकालेपछि उनले श्रव्यदृश्य शाखाको प्रमुखको रूपमा लामो समय काम गरे जुन अवधिमा उनी कलाकारबाट कुशल उद्घोषक, कार्यक्रम प्रस्तोता र चलचित्र एवं वृत्तचित्र लेखक तथा निर्देशक बने । उनीसँग सशस्त्र प्रहरीका १०० भन्दा बढी टेलिचलचित्र एवं १५० वृत्तचित्रको लेखन, अभिनय तथा निर्देशनको अनुभव छ ।

सशस्त्र प्रहरीमै रहँदा उनले हरेक दशैंमा एउटा फौजीले भोग्ने पीडा समेटेर जयनन्द लामाको लय समातेर २०६२ सालतिर दशैंको खसी नामक टेलिचलचित्रको क्लाइमेक्स गीतको रूपमा “धानकै बाला झुलाउँला” भन्ने गीतको शब्द कोरे । उक्त टेलिचलचित्रमा नायक आफैं भएकाले आफैंले अभिनय पनि गरे ।

दशैंको फूलपातीका दिन टेलिचलचित्र नेपाल टेलिभिजनबाट प्रसारण भएपछि एकाएक उक्त गीतको चर्चा हुन थाल्यो र सशस्त्र प्रहरीलाई गीत मात्र काटेर दिन टेलिभिजनहरुले अनुरोध गर्न थाले । टिभीबाट याे गीत प्रशारण भएपछि साँच्चीकै दशैं घरआँगनमा आएकाे अनुभूति आम दर्शकले गर्न थालेका हुन्थे । अझ माओवादीसँगकाे सशस्त्र द्वद्वकालकाे पृष्ठभूमिमा त याे गीत हेर्ने दर्शककाे आँखा रसाउने गरेकाे थियाे ।

“धानकै बाला” बाेलकाे गीत पछि उनले “राइफलको सिरानी”, “फौजीलाई कुन हो दशैं कुन हो चाड तिहार“, “घरदेश परदेश” जस्ता कालजयी गीतमा शब्द कोरेर अभिनय पनि गरे । यी गीतहरू हरेक वर्षको दशैंमा सामाजिक सञ्जालहरुमा पनि भाइरल हुने गर्छन् र टेलिभिजनहरुमा पनि त्यतिकै बज्ने गर्छन् । प्रायः सबै गीतहरूमा दशैंमा घर जान नपाएको पीडा समेटिएको हुने हुनाले उनका प्रशंसकहरुले उनको तस्वीरमा ट्राेल नै बनाई “यी दाजुले यो दशैंमा बिदा पाउलान् की नाई” लेखेर भाइरल बनाउने गरेका छन् ।

दर्शक तथा श्रोताको अपार माया पाएका दीपक भन्छन्, “म यो देशको सिपाही हुँ । संगठनले स्थान दियो, मैले आफ्नो रहर पूरा गरें, अब जनताको सेवा पनि त गर्नु पर्यो । अधिकृतका रूपमा ठाउँ ठाउँमा हेर्ने आफ्ना वृद्ध बुबाको रहर अनि सपना पनि त पूरा गर्न पर्यो ।” उनले थपे, “कलाकारले श्वास फेर्न बिर्सेला, कला र साधना छोड्दैन । सुरक्षाकर्मीको दशैं प्रायः ब्यारेकमा नै हुने गर्दछ । अझ यस पटक त कोरोना महामारीले गर्दा सीमामा खटिनु पर्ने बाध्यताले बिदा पाउने कुरै भएन ।”

नेपालमा २०६२ सालसम्म दशैं विशेष गीत संगीत एका दुई ठूलो पर्दाका सिनेमामा मात्रै सुन्न र देख्न पाइन्थ्यो तर टेलिभिजनमा दशैं विशेष गीतको शुरुवात गर्ने चाहिँ सम्भवतः सशस्त्र प्रहरी नै हो । २०६२ ताका बनेको सशस्त्र प्रहरीको दशैं गीत “धानकै बाला झुलाउँला” ले त आजकल दशैं आगमनको संदेश नै दिने गरेकाे छ ।

त्यसपछि सशस्त्र प्रहरीको श्रव्यदृश्य शाखाले दशैं विशेष गीत बनाउँदै आएको छ ।सशस्त्र प्रहरीले दशैं गीतको शुरुवात गरेपछि दर्शक, श्रोतामा अति नै लोकप्रिय भएपछि धेरै व्यावसायिक गीतहरू पनि बन्न थाले तर दर्शकमाझ भने सशस्त्र प्रहरीका पुराना गीतहरू नै लोकप्रिय छन् जहाँ हरेक फौजीका वास्तविक मनका बह समेटिएका छन् ।

आफ्नो मात्र नभई परिवार आमाबुबा, सासु ससुरा सबैको भित्री पीडा समेटिएर शब्द कोरिएका हुनाले पनि होला गीतले चाडबाडको बेला आफ्ना भन्नेहरू घर नहुने र परदेशमा रहनेहरुको मन छुन सकेको छ । “फौजीलाई कुन हो दशैं कुन हो चाड तिहार”, “राइफलको सिरानी”, “आयो रमाइलो चाड”, “कान्छो आउँछ यसपाली आमा”, “फौजी घर रमाइलो”, “घरदेश परदेश” सशस्त्रका लोकप्रीय गीत हुन् जसले सशस्त्र, उनका परिवारजन मात्र होइन चाडबाडका समय हरेक नेपालीको घर घरमा हुने पीडाको प्रतिनिधित्व गर्ने गर्दछ ।

घरपरिवार सँगै हुनेले त दशैं सँगै मनाउलान् तर सुरक्षाकर्मीका परिवारमा भने सोचेजस्तो दशैं आउने छाँटकाँट छैन किनकी तीनवटै सुरक्षा निकायले आफ्ना कर्मचारीले बिदा नपाउने कुरा सार्वजनिक गरिसकेका छन् ।

दीपक कोइरालासँग गरिएको  कुराकानीमा आधारित