२३ जेष्ठ २०८३, शनिबार
,
Latest
देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई राप्रपा सांसद जबराको आग्रह: अविलम्व जनताप्रति सचेत र सजग होउ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले दशैँ, तिहार र छठ जस्ता चाडपर्वमा पनि सरकारले नागरिकलाई पीडा दिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

नेपालीहरुको महान चाड विजया दशमी, शुभ दीपावली एवं छठ पर्वको शुभकामना व्यक्त गर्दै उहाँले बजार भाउले नागरिकलाई उठ्नै नसक्ने गरी थला पारिसकेपनि सरकारलाई प्रवाह नपरेको बताउनुभएको हो । उहाँले नेपाली जनताको सुख र शान्ति दशैँको बेलामा पनि यो सरकारले किन दिन सक्दैन ? भन्दै प्रश्न गर्नुभयो । उहाँले दशैँ, तिहार र छठ पर्वको बेलामा अविलम्व नेपाली जनताप्रति सजग र सचेत हुन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली जनतालाई हर सुख, हर शान्ति मेरो हृदयदेखि अत्यन्त ठूलो शुभकामना दिन चाहन्छु । तर सन्दर्भ गतिलो छैन । नेपालको जनतालाई अहिले ठूलो दु:ख र पीडा भइरहेको छ । अहिले भाउ व्यापक बढेको छ । अर्थतन्त्र गिरेको छ । भुईं छोला जस्तो भइसक्यो । यो अवस्थामा सरकार के हेरेर बसेको छ ? किन नेपाली जनताको सुख र शान्ति दशैँको बेलामा पनि दिन सक्दैन ? हामी संसदमा छौँ । हामी सरकारलाई भन्न चाहन्छौँ । आजको दशैँको बेला तिहार र छठको बेला अविलम्व नेपाली जनताप्रति सजग र सचेत होउ । यो दशैँमा अलिकति भएपनि नेपाली जनतालाई चैन देउ । मुलुक र नेपाली जनता तपाईहरुबाट अलिकति सुख खोजिरहेको छ ।’

सांसद जबराले दशैँको बेलामा नेपाली जनतालाई चैन दिन भन्दै उहाँले नेपाली जनता सरकारबाट सुख खोजिरहेको बताउनु भयो ।