२३ श्रावण २०८३, शनिबार
,
Latest
टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन चार क्विन्टल गाँजासहित चार जना पक्राउ मुलुक गम्भीर संकटमा छ, विकल्पका रूपमा राप्रपा बलियो हुनुपर्छः अध्यक्ष लिङदेन संसदको जवाफ सञ्जालबाट, ‘अन-लाइन’ छोडेर लाइनमा जनता
तपाईं के खोज्दै हुनुहुन्छ ?

माघभित्र जिल्ला र पालिका अधिवेशन गर्न एमालेको निर्देशन



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)ले पार्टीका जिल्ला तथा पालिका तहका अधिवेशन आगामी माघ मसान्तभित्र सम्पन्न गर्न सम्बन्धित कमिटीलाई निर्देशन दिएको छ ।

एमालेको केन्द्रीय सङ्गठन विभागको गत असोज ३० गते बसेको बैठकले प्रदेश कमिटीका अधिवेशन निर्धारित समयमा सम्पन्न भइसकेका हुँदा जिल्ला, स्थानीय तह र वडा तहका कमिटीका अधिवेशन सम्बन्धमा निर्णय लिएको हो । बैठकले फागुन र चैतमा पार्टी सदस्यता नवीकरणसँगै वडा र टोल कमिटीका अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको विभाग सचिव माधव ढुङ्गेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

पार्टीका स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीको अध्यक्षतामा बसेको बैठकले पार्टी सदस्यता प्रमाणीकरण प्रतिवेदन अनुमोदन गरेको छ । सोअनुसार भारत प्रवास र अन्तर्राष्ट्रिय कमिटी मातहतका सदस्यबाहेक पार्टीका साढे पाँच लाख सदस्यहरूको सदस्यता प्रमाणीकरण भएको छ ।

विभागले पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहरा, विभागका पूर्वप्रमुखसमेतका उपस्थितिमा भएको कार्यक्रममा प्राप्त मार्गदर्शनका आधारमा सात बुँदे अन्तरपार्टी निर्देशन दिएको जनाएको छ । रसस