४ आश्विन २०८१, शुक्रबार
,
Latest
प्रगति प्रतिवेदन मेयर बालेनलाई बुझाउदै बिदा भए प्रदीप प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान, भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुने वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरुरी छः अर्थमन्त्री पौडेल एरिका ऐतिहासिक स्वर्णनजिक क्यानडा पठाइदिने भन्दै रु १८ लाख बढी ठगी गर्ने पक्राउ मदन भण्डारी रूपान्तरण पुरस्कार रामकृष्ण दुवाललाई नेपाली सेनाको टोली अभ्यासका लागि चीन प्रस्थान प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट हठ त्याग्नुस, संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भैसक्यो:- कमल थापा युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपमा आज अष्ट्रेलिया र पाकिस्तान भिड्दै



अ+ अ-

एजेन्सी । विश्वकप २०२३ मा आज शुक्रबार पाकिस्तान र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा दिउँसो सवा २ बजेबाट सुरु हुनेछ । टस आधा घण्टा अगाडि अर्थात् दिउँसो १ः४५ बजे हुनेछ ।

यदि अष्ट्रेलियाले आज जित्यो भने विश्वकपमा उसको पाकिस्तानविरुद्धको लगातार तेस्रो जित हुनेछ । यसअघि सन् २०१५ मा भएको एकदिवसीय विश्वकपमा अष्ट्रेलियाले ६ विकेटले र २०१९ मा ४१ रनले पाकिस्तानलाई पराजित गरेको थियो ।

यो विश्वकपमा दुवै टोलीको चौथो खेल हुनेछ । अष्ट्रेलियाले पहिलो तीन खेलमा दुई हार र एकमा जित निकालेको छ । पाकिस्तानले दुई खेलमा जित र एकमा हार बेहोरेको छ ।

अस्ट्रेलिया भारतसँग ६ विकेटले र दक्षिण अफ्रिका १३४ रनले पराजित भएको थियो । जहाँ श्रीलंकाविरुद्धको खेल भने ५ विकेटले जितेको थियो ।

अर्कोतर्फ पाकिस्तानले नेदरल्याण्ड्स र श्रीलंकालाई हराए पनि भारतसँग ७ विकेटले पराजित भएको थियो ।

अष्ट्रेलिया र पाकिस्तानबीच कुल १०७ ओडीआई खेलिएको छ । अष्ट्रेलियाले ६९ पटक र पाकिस्तानले ३४ पटक जितेको छ । तीन खेलको नतिजा आउन सकेन भने एक खेल बराबरीमा परेको छ ।

एकदिवसीय विश्वकपको कुरा गर्ने हो भने यी दुईबीच हालसम्म १० खेल भइसकेका छन् । अस्ट्रेलियाले ६ र पाकिस्तानले ४ जित हात पारेको छ ।

एम चिन्नास्वामी स्टेडियमको पिच सामान्यतया ब्याटिङका ​​लागि अनुकूल मानिन्छ । यस मैदानमा हालसम्म २६ ओडिआई खेल भएका छन् ।

पहिले ब्याटिङ गर्ने टोलीले ११ खेल जितेको थियो भने लक्ष्य पछ्याउने टोलीले १२ खेल जितेको थियो । २ खेल अनिर्णित र १ बराबरी भएको थियो । पहिलो इनिङ्सको औसत स्कोर २६० रन रहेको छ ।