७ भाद्र २०८३, आईतवार
,
Latest
जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की ‘भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ’ आठ हजार मिटरभन्दा अग्ला थप छ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने तयारी सत्ता केन्द्रित राजनीतिभन्दा माथि उठेर कम्युनिस्ट आन्दोलनमा केन्द्रित हुन दाहालको आग्रह जेन–जी शहीदको सम्झनामा भदौ २३ गते ‘स्मृति दिवस’ मनाइने, असोज १५ गतेदेखि महायज्ञ माग पूरा नभए फेरि सडक संघर्षमा उत्रिने जेन–जी घाइते र शहीद परिवारको चेतावनी सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय संकटमा मुलुकः संयोजक दाहाल बेलगाम घोडाजस्तो अधिनायकवादको बाटोतिर सरकार चलिरहेको छः प्रदीप ज्ञवाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपमा आज अष्ट्रेलिया र पाकिस्तान भिड्दै



अ+ अ-

एजेन्सी । विश्वकप २०२३ मा आज शुक्रबार पाकिस्तान र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा दिउँसो सवा २ बजेबाट सुरु हुनेछ । टस आधा घण्टा अगाडि अर्थात् दिउँसो १ः४५ बजे हुनेछ ।

यदि अष्ट्रेलियाले आज जित्यो भने विश्वकपमा उसको पाकिस्तानविरुद्धको लगातार तेस्रो जित हुनेछ । यसअघि सन् २०१५ मा भएको एकदिवसीय विश्वकपमा अष्ट्रेलियाले ६ विकेटले र २०१९ मा ४१ रनले पाकिस्तानलाई पराजित गरेको थियो ।

यो विश्वकपमा दुवै टोलीको चौथो खेल हुनेछ । अष्ट्रेलियाले पहिलो तीन खेलमा दुई हार र एकमा जित निकालेको छ । पाकिस्तानले दुई खेलमा जित र एकमा हार बेहोरेको छ ।

अस्ट्रेलिया भारतसँग ६ विकेटले र दक्षिण अफ्रिका १३४ रनले पराजित भएको थियो । जहाँ श्रीलंकाविरुद्धको खेल भने ५ विकेटले जितेको थियो ।

अर्कोतर्फ पाकिस्तानले नेदरल्याण्ड्स र श्रीलंकालाई हराए पनि भारतसँग ७ विकेटले पराजित भएको थियो ।

अष्ट्रेलिया र पाकिस्तानबीच कुल १०७ ओडीआई खेलिएको छ । अष्ट्रेलियाले ६९ पटक र पाकिस्तानले ३४ पटक जितेको छ । तीन खेलको नतिजा आउन सकेन भने एक खेल बराबरीमा परेको छ ।

एकदिवसीय विश्वकपको कुरा गर्ने हो भने यी दुईबीच हालसम्म १० खेल भइसकेका छन् । अस्ट्रेलियाले ६ र पाकिस्तानले ४ जित हात पारेको छ ।

एम चिन्नास्वामी स्टेडियमको पिच सामान्यतया ब्याटिङका ​​लागि अनुकूल मानिन्छ । यस मैदानमा हालसम्म २६ ओडिआई खेल भएका छन् ।

पहिले ब्याटिङ गर्ने टोलीले ११ खेल जितेको थियो भने लक्ष्य पछ्याउने टोलीले १२ खेल जितेको थियो । २ खेल अनिर्णित र १ बराबरी भएको थियो । पहिलो इनिङ्सको औसत स्कोर २६० रन रहेको छ ।