४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा लामा



अ+ अ-

मनहरी, (मकवानपुर) । बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले पाउनुभएको छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज लामालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिनुभएको हो । मूख्यमन्त्री शालिकराम जम्कट्टेल व्यक्तिगत कारणले मुलुक बाहिर जाने भएकाले कार्यवाहक मूख्यमन्त्रीको जिम्मेवारी लामालाई दिइएको हो ।

लामालाई २०८० कात्तिक ४ गतेदेखि मुख्यमन्त्री जम्कट्टेल नेपाल नआएसम्मको लागि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो । मुख्यमन्त्री जम्कट्टेल एक साताका लागि दुबई जान लाग्नुभएको स्वकीय सचिव उपेन्द्र जम्कट्टेलले बताउनुभयो । रासस