३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले ७ देशमा १० लाख टन चामल निर्यात गर्दै



अ+ अ-

नयाँ दिल्ली । भारत सरकारले नेपाल, क्यामरुन, कोटे डी आइभोर, गिनी, मलेसिया, फिलिपिन्स र सेशेल्समा १० लाख टनभन्दा बढी गैर(बासमती सेतो चामल निर्यात गर्न अनुमति दिएको छ ।

वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालय (डीजीएफटी)ले बुधबार जारी गरेको सूचना अनुसार राष्ट्रिय सहकारी निकासी लिमिटेड (एनसीईएल) मार्फत सो परिमाणको चामल निकासी गर्न अनुमति दिइएको हो ।

‘गैर(बासमती सेतो चामलको निर्यात नेपाल, क्यामरून, कोटे डी आइभोर, गिनी, मलेसिया, फिलिपिन्स र सेसेल्सलाई निर्यात गर्न अनुमति दिइएको छ,’ लिमिटेडद्वारा जारी सूचनामा भनिएको छ।

नेपालका लागि ९५ हजार टन, क्यामरुनका लागि १ लाख ९० हजार टन, कोट डी आइभोर र गिनीका लागि १ लाख ४२ हजार टन, मलेसियाका लागि १ लाख ७० हजार टन, फिलिपिन्सका लागि २ लाख ९५ हजार टन र सेलेसलाई ८ सय टन चामल पठाइएको हो ।

भारत सरकारले जुलाईमा घरेलु आपूर्ति बढाउन गैर-बासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो।