२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

पूर्वराष्ट्रपति भण्डारीद्वारा लिङ्ग भैरवी मन्दिरमा पूजा

पूर्वराष्ट्रपति भण्डारीद्वारा लिङ्ग भैरवी मन्दिरमा पूजा
अ अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज काठमाडौँको बसुन्धारामा रहेको लिङ्ग भैरवीको मन्दिरमा पुगेर पुजा आराधना गर्नु भएको छ ।

नवरात्रको अवसर पारेर पूर्वराष्ट्रपति भण्डारीले लिङ्ग भैरवीमा पुगेर आज दिउँसो पुजा आराधना गर्नुका साथै आरती, अभिशेक समेत गर्नुभएको सो मन्दिरका अध्यक्ष अम्बिका श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त मन्दिरमा अहिले नवरात्रको समयमा दैनिक एक हजारको सङ्ख्यामा भक्तजनहरुले पुजापाठ गर्नुका साथै आरती, अभिशेक गर्ने गरेका मन्दिर सञ्चालक समितिका सदस्य मनोजबहादुर श्रेष्ठले बताउनुभयो ।

उक्त मन्दिरमा नवरात्रको समयमा बिहान ७ बजे, दिउँसो १२ बजे र साँझ ७ बजे आरती तथा अभिशेक हुने गरेको छ । अहिले नवरात्रको समयमा पनि चीन, भियतनाम, रसिया, भारत, मङ्गोलिया, कम्बोडिया लगायतका देशहरुबाट पनि भक्तजनहरु दर्शन तथा पुजाआजाका लागि आउने गरेको मन्दिरका पुजारी स्वामी बज्र बालाले बताउनुभयो ।

भारतीय चर्चित गुरु जग्गी बसुदेवको अग्रसरतामा उक्त मन्दिर स्थापना भएको थियो । विगतमा लिंग भैरवीको कहीँ कतै चर्चा भए पनि भर्खरै स्थापित लिंग भैरवी सद्‌गुरूको परिकल्पनाको देवी हुन् । सनातन हिन्दु धर्मका तीन देवीहरू – लक्ष्मी, सरस्वती र दुर्गालाई त्रि-शक्ति मानेर उनले सिर्जना गरेको यी देवी उनको संस्था इशा फाउन्डेसनको अगुवाइमा निर्माण गरिएको हो ।

झट्ट हेर्दा शिवलिंगझैं लाग्ने तर एउटा शिलामा दुई आँखा, फुलीसहितको नाक बनाएर जग्गी बसुदेवले लिंग भैरवीको परिकल्पना गरेको बताइन्छ ।