८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीद्वारा लिङ्ग भैरवी मन्दिरमा पूजा



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज काठमाडौँको बसुन्धारामा रहेको लिङ्ग भैरवीको मन्दिरमा पुगेर पुजा आराधना गर्नु भएको छ ।

नवरात्रको अवसर पारेर पूर्वराष्ट्रपति भण्डारीले लिङ्ग भैरवीमा पुगेर आज दिउँसो पुजा आराधना गर्नुका साथै आरती, अभिशेक समेत गर्नुभएको सो मन्दिरका अध्यक्ष अम्बिका श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त मन्दिरमा अहिले नवरात्रको समयमा दैनिक एक हजारको सङ्ख्यामा भक्तजनहरुले पुजापाठ गर्नुका साथै आरती, अभिशेक गर्ने गरेका मन्दिर सञ्चालक समितिका सदस्य मनोजबहादुर श्रेष्ठले बताउनुभयो ।

उक्त मन्दिरमा नवरात्रको समयमा बिहान ७ बजे, दिउँसो १२ बजे र साँझ ७ बजे आरती तथा अभिशेक हुने गरेको छ । अहिले नवरात्रको समयमा पनि चीन, भियतनाम, रसिया, भारत, मङ्गोलिया, कम्बोडिया लगायतका देशहरुबाट पनि भक्तजनहरु दर्शन तथा पुजाआजाका लागि आउने गरेको मन्दिरका पुजारी स्वामी बज्र बालाले बताउनुभयो ।

भारतीय चर्चित गुरु जग्गी बसुदेवको अग्रसरतामा उक्त मन्दिर स्थापना भएको थियो । विगतमा लिंग भैरवीको कहीँ कतै चर्चा भए पनि भर्खरै स्थापित लिंग भैरवी सद्‌गुरूको परिकल्पनाको देवी हुन् । सनातन हिन्दु धर्मका तीन देवीहरू – लक्ष्मी, सरस्वती र दुर्गालाई त्रि-शक्ति मानेर उनले सिर्जना गरेको यी देवी उनको संस्था इशा फाउन्डेसनको अगुवाइमा निर्माण गरिएको हो ।

झट्ट हेर्दा शिवलिंगझैं लाग्ने तर एउटा शिलामा दुई आँखा, फुलीसहितको नाक बनाएर जग्गी बसुदेवले लिंग भैरवीको परिकल्पना गरेको बताइन्छ ।