१० श्रावण २०८३, आईतवार
,
Latest
वेस्ट बैंकमा घातक आक्रमणपछि इजरायली सेनाद्वारा ‘वृहत’ सैन्य कारबाहीको तयारी इरान अमेरिकासँगको वार्तामा थप गम्भीर देखिएको छः राष्ट्रपति ट्रम्प पूर्वी इण्डोनेसियामा बेपत्ता स्पिडबोटमा सवार ११ युरोपेली पर्यटकको सकुशल उद्धार भारतको हिमाञ्चल प्रदेशमा गुडिरहेको सवारी साधनमा ढुङ्गा खस्दा १३ जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ काँकडभिट्टा–लौकही सडक विस्तारले गति लियो यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङकङलाई नेपालले ६ विकेटले हरायो



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा नेपालले हङकङमाथि ६ विकेटको जित हात पारेको छ । हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ जोड्दा कप्तान रोहिन पौडेल २५ तथा गुल्सन झाले १४ रनमा अविजित रहे भने कुशल भुर्तेलले ८ रन जोडे ।

त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङ १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ९४ रनमा समेटियो ।

हङकङका लागि यासिम मुर्ताजा सर्वाधिक ३६ बनाए । त्यस्तै जिशन अलीले १७ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । हङकङलाई ९४ रनमा समेट्ने क्रममा नेपालका करण केसीले चार विकेट लिए भने, अविनाश बोहरा र सोमपाल कामीले समान दुई/दुई विकेट लिए ।

कुशल मल्ल र श्याम ढकाल (मौसम)ले समान एक/एक विकेट लिए । हिजो भएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई सात विकेटले पराजित गरेको थियो ।