१० श्रावण २०८३, आईतवार
,
Latest
वेस्ट बैंकमा घातक आक्रमणपछि इजरायली सेनाद्वारा ‘वृहत’ सैन्य कारबाहीको तयारी इरान अमेरिकासँगको वार्तामा थप गम्भीर देखिएको छः राष्ट्रपति ट्रम्प पूर्वी इण्डोनेसियामा बेपत्ता स्पिडबोटमा सवार ११ युरोपेली पर्यटकको सकुशल उद्धार भारतको हिमाञ्चल प्रदेशमा गुडिरहेको सवारी साधनमा ढुङ्गा खस्दा १३ जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ काँकडभिट्टा–लौकही सडक विस्तारले गति लियो यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सपनामा दाँत झरेको देखेमा के फल मिल्छ ?



अ+ अ-

एजेन्सी । सपना विज्ञानका अनुसार सपनाको पनि विशेष महत्व छ किनभने यी सपनाहरूले निकट भविष्यको झलक देखाउँछन् । के तपाई पनि दाँत झरेको अथवा दाँत भाच्चिएको सपना देख्नुहुन्छ ? दाँतसँग सम्बन्धित सपनाको बारेमा समुद्र शास्त्रमा धेरै कुरा भनिएको छ ।

सपनामा दाँत झर्नु राम्रो कि नराम्रो ?
सपनामा दाँत झर्नु शुभ संकेत मानिदैन । हालसालै पद, हैसियत वा पैसा गुमाएका मानिसहरूमा दाँत झर्ने सपना देखिन्छ । यसको मतलब यो हो कि तपाई आफ्नो जीवनमा केहिबारे असहज महसुस गर्दै हुनुहुन्छ । अर्कोतर्फ, यदि तपाईंले सपनामा भाँचिएको दाँत देख्नुभयो भने, यसको मतलब तपाईंमा आत्मविश्वासको कमी छ । जसलाई बढाउनु उचित हुन्छ ।

यदि सपनामा तपाईंको गिजा र मुखको बीचमा भाँचिएको दाँत घुमिरहेको छ भने आगामी दिनमा तपाईंले जीवनसँग सम्बन्धित केही कठिन निर्णयहरू लिनुपर्ने हुनसक्छ । अर्कोतर्फ, यदि कसैले सपनामा तपाईंको दाँत समातेर तानेको छ भने, यसको मतलब तपाईंको जीवनमा ठूलो परिवर्तन आउन लागेको छ ।

सपनामा दाँत किराले खाएको देख्नुको अर्थ तपाईको जीवनमा नकारात्मक उर्जा बढिरहेको छ । अर्कोतर्फ, यदि तपाईंले सपनामा दाँत किटेको देख्नुभयो भने, यसको मतलब तपाईं कुनै कारणले आफूलाई अत्यधिक दबाबमा महसुस गर्दै हुनुहुन्छ ।