• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

पर्समा राख्नुहोस् यी ३ चिज, तपाईको बदलिनेछ भाग्य



एजेन्सी । कामअनुसार पारिश्रमिक नपाएको गुनासो धेरैले गर्छन् । भाग्यमा केही न केही बाधा आउँछ । कतिपयको भने सबै कुरामा शंका हुन्छ ।

केही नराम्रो होला कि भन्ने डर हुन्छ । यस नकारात्मक सोच (नकारात्मक ऊर्जा)को कारणले तिनीहरू आफ्नो आत्मविश्वास गुमाउँछन् । तर, के तपाईलाई थाहा छ पर्समा राखिएका साना–साना कुरा यस्ता समस्याको समाधान बन्न सक्छन् ।

ट्यारो विशेषज्ञ लोपामुद्रा गोगाईले पर्समा राख्नु पर्ने तीन कुरा बताएका छन् । यस्तै, सिरानीमा राख्नु पर्ने एउटा यस्तो कुरा पनि बताएका छन् ।

अलैंची
ट्यारो रिडरका अनुसार पर्समा कम्तीमा पाँच वटा अलैंची राख्नुपर्छ । लोपामुद्रा गोगोईका अनुसार यसो गर्दा पैसा आकर्षित हुन्छ ।

ल्वाङ्ग
यदि तपाई नकारात्मक उर्जाको शिकार हुनुहुन्छ भने कम्तिमा ९ वटा ल्वाङ्ग आफ्नो पर्समा राख्नुपर्छ । लोपामुद्रा गोगोईको टिप्स अनुसार यसो गर्दा तपाई नकारात्मक उर्जाबाट टाढा रहनुहुन्छ ।

दालचीनी
पर्समा दालचीनी राख्नुहोस् । यस कारणले गर्दा तपाईले व्यापार र जागिरसँग सम्बन्धित राम्रो विकल्पहरू प्राप्त गर्न मद्दत मिल्छ ।

सुप


तपाईंले एउटा सानो बन्डल बनाउनु पर्छ र यसलाई सुपको बीउले भरेर राख्नु पर्छ । तर यो बन्डल आफ्नो पर्समा नराख्नुहोस् । लोपामुद्रा गोगोईका अनुसार सुत्नुअघि यसलाई आफ्नो सिरानीमा राख्नुपर्छ । यसो गर्नाले निन्द्रा एकदमै राम्रो हुन्छ र नराम्रो सपना पनि टाढा रहन्छ ।