२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत सरकारको सहयोगमा हुम्ला जिल्लामा दुईवटा परियोजना निर्माण



अ+ अ-

काठमाडौं । भारत सरकारले हुम्ला जिल्लामा दुईवटा परियोजनाको निर्माण गरिदिएको छ ।

’नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारका ५.५२३ करोड अनुदान सहयोगमा सर्केगाड गाउँपालिका स्थित सरस्वती माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन र चंखेली गाउँपालिकास्थित महादेव माध्यमिक विद्यालयका लागि ल्याब र पुस्तकालय भवन निर्माण गरिएको भारतीय दूतावासले जनाएको छ ।

भारतीय राजदूत नवीन श्रीवास्तव र स्थानीय सरकारका प्रतिनिधिले   निर्मित परियोजनाको संयुक्तरूपमा उद्घाटन गर्नुभएको छ ।