काठमाडौँ । युएईविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ । तिब्र गतिका बलर सोमपाल कामिले युएईका ओपनर खालिद शेख आउट गराएर नेपालाई पहिलो सफलता दिलाएका हुन् । उनी पहिलो ओभरको अन्तिम बलमा शुन्य रन बनाएर आउट भए ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलमा अहिले नेपालले फिल्डिङ गरिरहेको छ । ताजा स्थितीमा युएईले २ ओभरमा एक विकेटको क्षतीमा ८ रन बनाएको छ ।
युएईविरुद्ध नेपालको प्लेइङ–११:
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, अभिनाश बोहरा, श्याम ढकाल ।