११ पुष २०८१, बिहीबार
,
Latest
स्थानीय तहका विपद् जोखिम न्युनिकरण सम्बन्धी संरचना बलियो बनाउनुपर्छः गृहमन्त्री लेखक तरकारी बिक्रीबाट दैनिक दुई हजार आम्दानी सिरियाको टार्टस प्रान्तमा भएको झडपमा १७ जनाको मृत्यु सिचुआन एअरलाइन्सको चार्टर्ड विमान पोखरामा जब कोहलीले अस्ट्रेलियाका युवा खेलाडी कन्स्टासलाई धक्का दिए विद्यालय शिक्षापछिको दुई घण्टा खेलकुदमा लाग्नुस्ः खेलकुदमन्त्री चौधरी सहकारी ठगी प्रकरणः रवि लामिछानेसहित ७ जनालाई अदालत उपस्थित गराइयो प्रतितोला ६०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? वडाध्यक्ष महतोको निधन दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगर प्रहरी प्रमुखमा पाण्डेको वढुवा



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर प्रहरीको प्रमुख प्रहरी वरिष्ठ उपरीक्षकमा राजुनाथ पाण्डेलाई बढुवा गरेको छ ।

महानगरपालिकाले प्रहरी ऐन, २०८० को व्यवस्थाअनुसार मङ्गलबार बसेको नगर कार्यपालिकाको बैठकले प्रहरी उपरीक्षक पाण्डेलाई प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गरेको महानगर सुशासन समितिका संयोजक ख्यामराज तिवारीले जानकारी दिनुभयो ।

महानगरपालिकाको नगर प्रहरी ऐनमा नगर प्रहरी प्रमुखमा एसएसपी हुने व्यवस्था थियो । यसअघि महानगर प्रहरीमा प्रहरी उपरीक्षकसम्मको दर्जा रहे पनि प्रहरी वरिष्ठ उपरीक्षकको दर्जा सिर्जना गरी पाण्डेलाई बढुवा गरिएको हो ।

विसं २०५० मा प्रहरी नायब निरीक्षकबाट सेवा प्रवेश गर्नुभएका पाण्डेलाई यसअघि पनि महानगरले प्रमुखको जिम्मेवारी दिएको थियो । यसअघि काठमाडौँ महानगरपालिकामा पाँच जनाको प्रहरी उपरीक्षक दरबन्दी थियो । हाल महानगर प्रहरीमा तीन सय हाराहारीमा जनशक्ति रहेको छ । रासस