१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलबारी गोल्डकपः बिग्रेड ब्वाइज सेमिफाइनलमा



अ+ अ-

बेलबारीे । बिग्रेड ब्वाइज क्लब यहाँ जारी बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मङ्गलबार ब्रिगेड ब्वाइज क्लब र राजारानी क्लबले गोलरहित बराबरी खेलेका थिए । अन्तिममा खेलको छिनोफानो पेनाल्टी सुट आउटका आधारमा गरिएको थियो । पेनाल्टीमा ५–४ गालले नतिजा ब्रिगेड ब्वाइजको पक्षमा गएको थियो । बिग्रेडका कुशल देउवाले पाँचौ गोल गरेका थिए । प्रतियोगिताको म्यान अफ दी म्याच बिग्रेडका गोलकिपर विशाल सुनार घोषित भए ।

यसअघि आयोजक डाँगीहाट युथ क्लब र सलहेस युवा क्लब सिरहा सेमिफाइनल प्रवेश गरिसकेका छन् । डाँगीहाट युथ क्लबको आयोजनामा मोरङको लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा जारी प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोली सहभागी छन् ।

आज झापाको बिर्तामोड युथ क्लब र चर्च ब्वाइज क्लब, काठमाडौँबीच खेल हुनेछ । प्रतियोगिताको विबजेताले रु आठ लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् ।