२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदन पुरस्कार विवेक ओझा र जगदम्बा श्री पुरस्कार टेकबीर मुखियालाई अर्पण



अ+ अ-

काठमाडौँ । मदन पुरस्कार र जगदम्बा श्री पुरस्कारबाट पुरस्कृत भएका साहित्यकारद्वय विवेक ओझा र टेकवीर मुखियालाई पुरस्कार अर्पण गरिएको छ ।

ललीतपुरमा एक कार्यक्रमकाबीच आज सोमवार बि.सं. २०७९ सालको मदन पुरस्कारबाट पुरस्कृत भएका ओझा र जगदम्बा श्री पुरस्कारबाट पुरस्कृत भएका मुखियालाई पुरस्कार अर्पण गरिएको हो । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दिक्षितले ऐँठनका लेखक विवेक ओझा र मुखियालाई जगदम्बा श्री पुरस्कार अर्पण गर्नुभएको हो ।

मदन पुरस्कार र जगदम्बा श्री दुवै पुरस्कारको राशि चार–चार लाख रुपैयाँ रहेको छ । यसअघि मदन पुरस्कार गुठीले मदन पुरस्कार ऐठनलाई र जगदम्बा श्री पुरस्कार मुखियालाई प्रदान गर्ने निर्णय गरेको थियो । ऐँठन कृति माओबादी आन्दोलनको बेला नेपाली समाजले भोगेको विषयवस्तुमाथी केन्द्रित छ । उहाँले उर्जाशिल उमेर लेखन क्षेत्रमा बिताएको स्मरण गर्नुभयो ।

ओझाले भन्नुभयो, ‘मदन पुरस्कार पाएको खबर पाएँ । नजिकै बसेकी श्रीमतीलाई सुनाए । नातीसँग खेलिरहनुभएकी मेरी आमालाई सुनाएँ । तुरुन्तै भीडीयो कल गरेँ । मेरो भाईलाई सुनाए । भाई खबर सुनेर रोयो । आमा रुनुभयो । पुष्पा रोइन । थाह नपाई ती आँशुले मेरा आँशुलाई समेत जागृत गराए । र, बुवालाई खबर सुनाउन सकिन । उहाँ त झनै पो भावुक हुनुहुन्छ । पक्कैपनि ती सामान्य आँशु थिएनन् । यस्तो लाग्यो वर्षौंसम्म पर्खिएर खस्नका लागि पालो कुरीरहेका आँशु हुन् । कुनै कुनै आँशु गहमा आफ्नो पालो कुरेर बसिरहेका हुँदा रहेछन् ।

स्कूल नचिन्दै बुवासँगका लोककथा रित्तिए । अझ तरकारी, खेत, हलो–कुटो र अँगेनाका समेत गन्तव्यहीन संवाद बुवाले सुनाउन प¥यो । सुत्‍नुअघि कथा सुन्ने बानी जो थियो । मलाई कताकता लाग्छ, तिनै नाम–बेनाम कथाहरूले म मा आख्यानको बीज रोपेका थिए । स्कूल पढ्दै गर्दा ठूलो दाइको सिको गर्दै रहरै रहरमा लेखनको बामे शुरू भयो । र, त्यो यात्रा खतरनाक नशामा परिणत भैसकेको रहेछ। यस अर्थमा खतरनाक नशा कि, मैले ऊर्जामय उमेरको उच्चतम समयमा समेत पारिवारिक जिम्मेवारीबाट भागेँ, अभाव स्वीकार्य साथी मान्न रुचाएँ । समाजको आर्थिक प्रश्‍नहरूसँग लुक्‍नु परिरह्यो । ठिक नशामा फसेको मानिस जस्तो । त्यस्तो प्रतिकुल समयमा जो धैर्यता, साहस र प्रेम मेरी श्रीमतीले देखाइन्, त्यसप्रति म नतमस्तक छु । निःशब्द हुन पुग्छु ।’

उहाँले आफूले पुरस्कार पाएपछि परिवारमा हर्षको आँशु आएको बताउनु भयो ।