५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कान्तिपुरका पीडित पत्रकारको पक्षमा महासंघले गर्यो अनिश्चितकालीन आन्दोलनको घोषणा



अ+ अ-

काठमाडौँ । नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपका पीडित पत्रकार तथा कर्मचारीको पक्षमा आन्दोलनको घोषणा गरेको छ ।

महासंघले सोमबार एक वक्तव्य जारी गर्दै श्रमजीवी पत्रकार ऐनअनुसार पत्रकारले उठाएका जायज माग यथाशीघ्र सम्बोधनका लागि दबाब दिने उद्देश्यले कान्तिपुर मिडिया ग्रुपविरुद्ध मंगलबारदेखि आन्दोलन गर्ने घोषणा गरेको हो ।

आन्दोलन स्वरूप महासंघले भोलि दिउँसो ३ देखि ४ बजेसम्म थापाथलीस्थित कान्तिपुरको केन्द्रीय कार्यालयमा धर्ना दिने निर्णय गरेको छ ।

उक्त आन्दोलन श्रमजीवी पत्रकारले उठाएका जायज मागहरू पूरा नभएसम्म जारी रहने महासंघले जनाएको छ । व्यवस्थापन पक्षले निष्कासन गरेका ८२ पत्रकारको पुनर्बहाली, अनधिकृत सरुवाको बदर र श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनलगायत मागहरू अविलम्ब पूरा गर्न कान्तिपुरसमक्ष पटकपटक आग्रह गर्दै आइरहेको महासंघको भनाइ छ ।

साथै, घोषित कार्यक्रममा सक्रिया सहभागिता जनाउन महासंघले उपत्यकास्थित आफ्ना सबै शाखाका पदाधिकारी, सदस्य तथा विभिन्न सञ्चारगृहमा कार्यरत श्रमजीवी पत्रकार, पत्रकारका संघसंगठनका प्रतिनिधिलगायत श्रमजीवीसँग अपील समेत गरेको छ ।