२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिआरआई सम्मेलनमा सहभागी हुन उपप्रधानमन्त्री श्रेष्ठ चीन प्रस्थान



अ+ अ-

काठमाडौँ ।  तेस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’मा सहभागी हुन उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डल आज चीनको राजधानी बेइजिङ प्रस्थान गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठलाई गृह मन्त्रालयका सचिव दिनेशकुमार भट्टराईलगायतका उच्च सरकारी अधिकारीले बिदाई गर्नुभयो ।

मङ्गलबार र बुधबार बेइजिङमा हुने सो सम्मेलनमा हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्चको नीति एवम् प्रगतिबारेमा छलफल हुने छ । सो कार्यक्रमलाई उपप्रधानमन्त्री श्रेष्ठले विशेष सम्बोधन गर्नुहुने कार्यक्रम छ । सम्मेलनको पहिलो दिन भोलि मङ्गलबार चिनियाँ राष्ट्रपति सी चिनपिङले आयोजना गर्नुहुने रात्रिभोजमा उपप्रधानमनत्री श्रेष्ठ सहभागी हुनुहुनेछ । सम्मेलनमा विभिन्न देशका राष्ट्राध्यक्ष र सरकार प्रमुख सहभागी हुनुहुने बताइएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको भ्रमण टोलीमा गृहमन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टाई, परराष्ट्र मन्त्रालयका सहसचिव अमृत राई, विपद् तथा जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललगायतको सहभागिता छ । रासस