३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु, पर्यटन व्यवसायी उत्साहित

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु, पर्यटन व्यवसायी उत्साहित
पोखरामा प्याराग्लाइडिङको आकर्षण (फाइल तस्वीर)
अ+ अ-

कास्की । पोखरामा प्याराग्लाइडिङको उडान आजदेखि पुनः थालिएको छ । पोखरा महानगरपालिका—१८ सराङकोटको तोरीपानीबाट उडान सुरु गरिएको हो ।

पोखरा घुम्न आउने अधिकांश पर्यटकको रोजाइमा पर्ने साहसिक प्याराग्लाइडिङ गत पुस १७ गतेदेखी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै हवाई सुरक्षाको कारण देखाउँदै सराङकोटबाट बन्द गरिएको थियो । विमानस्थल सञ्चालनपछि यसको भविष्यलाई लिएर पर्यटन क्षेत्रमा चिन्ता व्यक्त हुँदै आएको थियो । त्यसपछि तत्कालका लागि पोखरा–२४ मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङ उडान थालिएको थियो । सराङकोट र तोरीपानीबाट बन्द भएको उडान नौ महिनापछि पुनःतोरीपानीबाट थालिएकामा यहाँका व्यवसायी उत्साहित बनेका छन् ।

मान्द्रेढुङ्गा दुरीका हिसाबले पनि टाढा रहेको र उचाइमा मौसमका कारणले यहाँ प्याराग्लाइडिङ स्थापित हुन सकेको थिएन । तोरीपानी क्षेत्रबाट पुनःउडान सुरु भएसँगै स्थानीयवासी खुसी भएका छन् । पहिलो दिन उडानमा जाने पर्यटकलाई स्थानीयले माला र टीका लगाएर स्वागत गरे ।

नेपाल हवाई खेलकुद संस्थाले नेपाल नागरिक उड्डयन प्राधिकरणको सहयोगमा मान्द्रेढुँगाबाट हुँदै आएको प्याराग्लाइडिङ क्षेत्र विस्तार गरी वाहाकोटको तोरीपानीबाट उडान गरी पामे क्षेत्रमा ‘ल्यान्डिङ’ सुरु गरेको हो । हवाइ क्षेत्रको नियमनकारी निकाय रहेको प्राधिकरणको लामो समयको अध्ययनपछि तोरीपानी क्षेत्रबाट प्याराग्लाइडिङ उडान गर्दा हवाई सुरक्षामा जोखिम नपर्ने प्रतिवेदनपछि यसलाई पूर्ववत स्थानमा फर्काइएको हो ।

पर्यटन व्यवसायीले भने सराङकोटसम्म प्याराग्लाइडिङ क्षेत्र विस्तारको माग गरेका छन् । सराङकोटका विषयमा अझै अध्ययनको प्रक्रियामा नै रहेको छ । नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष सुनिलबहादुर भट्टराईले पोखराको प्याराग्लाइडिङका सम्बन्धमा तयार गरिएको अध्ययन प्रतिवेदनपछि नागरिक उड्यन प्राधिरकणले पुरानै स्थानबाट ‘टेकअफ’ को अनुमति प्रदान गरेको बताउनुभयो । प्राधिकरणको एटिएम विभागले ‘सेफ्टी रिक्स एसिस्मेन्ट’ गरी तोरीपानीबाट उड्न स्वीकृति दिएको हो । ‘टेकअफ’ का लागि पूर्ववत स्थान प्राप्त भए पनि अवतरणका लागि भने पामे बजार नजिकको स्थानमा नै गर्नुपर्नेछ ।

अध्यक्ष भट्टराईले भन्नुभयो, “पोखराको पहिचान बनेको प्याराग्लाइडिङको भविष्यलाई लिएर धेरै चिन्तित थियौँ । सबैको सहयोगबाट नौ महिनापछि पहिलाकै स्थानमा क्यानबाट टेकअफ अनुमति पाएका छौँ । यसबाट पुरानै लयमा प्याग्लाइडिङ फर्केनमा आशावादी छौँ ।”

मान्द्रेढुङ्गा अहिलेको स्थानबाट दुरीका हिसाबले दुई किमी टाढा पर्छ । उडान स्थानसम्म पुग्न सडकको असुविधासँगै छिनछिनमा परिर्वतन हुने मौसमले प्याराग्लाइडिङले गति लिन सकेको थिएन । प्याराग्लाइडिङ गर्नेको सङ्ख्या न्यून थियो । मान्द्रेढुङ्गामा लामो समय कुहिरो लाग्ने, हावाको गति तलमाथि भइरहने र बिहानमा लामो समय हुस्सुका कारण समयै पुगेका पर्यटकलाई उडाउन अप्ठ्यारो हुने गरेको प्याराग्लाइडिङ पाइलट विजय गौतमले बताउनुभयो ।

“तोरीपानीभन्दा मान्द्रेढुङ्गा डेढ सय मिटर उचाइमा रहेकाले लामो समय हुस्सु लाग्थ्यो, सडकको अवस्था राम्रो थिएन”, गौतमले भन्नुभयो, “त्यसैले त्यहाँ स्थापित हुनै सकेनौँ, पर्यटकलाई बानी पार्नै सकिएन । अहिले पहिलाकै स्थानमा फर्किएका छौँ, यो ठाउँ सबै हिसाबले उपयुक्त छ, हामी सबै उत्साहित भएका छौँ ।”

पोखरा आउने अधिकांश पर्यटकको रोजाइमा प्याराग्लाइडिङ पर्ने गरेको छ । यसअघि सराङकोटबाट उडान हुँदा पर्यटकीय क्षेत्र लेकसाइड र बजार क्षेत्रबाट चरासरी उडेको दृश्यले सबैको ध्यान तानेको थियो । मान्द्रेढुङ्गाबाट उडान हुँदा प्याराग्लाइडिङको दृश्य पर्यटकले बजारबाट देख्न पाएका थिएनन् । ‘ना’का महासचिव खेमराज आचार्यले तोरीपानीबाट उडान सुरु भएपछि यसले पहिलाकै लय समात्ने विश्वास रहेको बताउनुभयो ।

नाले व्यावसायिक उडान तोरीपानीबाट भए पनि सोलो ९एकल० उडनलाई मान्द्रेढुङ्गा विकास गर्ने योजना बनाएको छ । यससँगै तोरीपानीमा पर्यटकको चाप बढेको खण्डमा मान्द्रेढुुङ्गालाई उपयोगमा ल्याउन सकिन्छ । पोखराको आकासमा अहिले सोलो उडान बन्द छ । नवौँ राष्ट्रिय खेलकुदका दौरानमा दुर्घटना भएपछि सोलो उडान बन्द हुँदै आएको छ ।

विसं २०७३ वैशाख १ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शिलान्याससँगै पोखराको प्याराग्लाइडिङको भविष्यलाई लिएर चासो र चिन्ता व्यक्त हुँदै आएको थियो । नागरिक उड्डयन प्राधिकरणले विभिन्न समयमा विभिन्न अध्ययन गर्दै आएको थियो । प्रतिवेदनहरुमा पोखराको पर्यटनको मुख्य गन्तव्य बनेकाले यसलाई विस्थापित नगरी अन्यत्र कतै स्थापित गर्नुपर्नेमा जोड दिइएको थियो । विमानस्थल उद्घाटनसँगै नागरिक उड्डयन प्राधिरकरणले विभिन्न सर्तसहित १५ दिनका लागि मान्द्रेढुङ्गाबाट उडानको अनुमति दिएको थियो ।

पोखरा प्याराग्लाइडिङ उडानका लागि उत्कृष्ट, प्राकृतिक हिसाबले मनमोहक र हावपानीका हिसावले वर्षभरि उड्न मिल्ने हुँदा स्वदेशी एवं विदेशी पर्यटकहरुको रोजाइको विधा बन्दै आएको छ । पोखरामा दुई दशक अघिदेखि प्याराग्लाइडिङ सञ्चालन हुँदै आएको छ । पर्यटकीय सहरमा सञ्चालन भएको प्याराग्लाइडिङमा साहसिक पर्यटक आकर्षित हुँदै आएका छन् । पोखरा आउने विदेशी तथा स्वदेशी पर्यटक साहसिक गतिविधि प्याराग्लाइडिङमा रमाउने गर्दछन् । हवाई खेलकुदको माध्यउमबाट नेपालको पर्यटन विकास र विस्तारमा सहयोग गर्ने उद्देश्यसहित २०५९ सालमा नेपाल हवाई खेलकुद संस्था९ना०को स्थापना गरिएको थियो । सुरुवातमा सात वटा प्याराग्लाइडिङ व्यावसायिक कम्पनीबाट संस्था सुरु गरिएकामा हाल ६२ वटा व्यावसायिक कम्पनीहरु रहेका छन् ।

त्यसैगरी कम्पनीअन्तर्गत तीन सय ९९ प्याराग्लाइडिङ पाइलट क्रियाशील रहेको ‘ना’का निर्वतमान अध्यक्ष एवं पोखरा पर्यटन परिषद्का उपाध्यक्ष कृष्ण भण्डारीले जानकारी दिनुभयो । उहाँले स्थानीय, प्रदेश, सङ्घ सरकारबाट सकारात्मक सहयोग प्राप्त भएको बताउनुभयो । प्याराग्लाइडिङ उडान सुरक्षित बनाउनका लागि पछिल्लो समय जिपिएस, लाइभ ट्याकर, रेडियो रिपिटर टावरसहित दुईतर्फि रेडियो सञ्चार तथा हटलाइन सेवा सञ्चालनमा ल्याइएको छ । रासस