• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक ★   अफगानिस्तानमा गोली हानाहानहुँदा तीन स्पेनीको मृत्यु ★   बालुवाटारमा सत्तारुढ दल र कांग्रेसबीच छलफल जारी ★   नेपाली काँग्रेस संसदलाई मुठभेडमा लैजान चाहन्छः एमाले ★   भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछः प्रधानमन्त्री ★   राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः अध्यक्ष नेपाल ★   प्रधानमन्त्रीलाई काँग्रेस नेता कोईरालाको प्रश्नः कति पटक विश्वासको मत लिनुहुन्छ ? ★   आईपीएलमा आजः को पुग्ला प्लेअफमा, चेन्नई कि बैंगलोर ? ★   सडकमा एक्लै घुम्न चाहन्छन् कोहली, तर फ्यानहरुले घेर्छन् भनेर डरले… ★   बेलायती प्रधानमन्त्रीले पहिलोपटक टेन डाउनिङमा नेपाली समुदायलाई सम्बोधन गर्दै

दशैँ शुरु भएसँगै भक्तपुरमा नवरात मेला शुरु



काठमाडौँ । दशैँ शुरु भएसँगै भक्तपुरमा नवरात (नौ राते) मेला शुरु भएको छ ।

आज बिहान दशैँको पहिलो दिन आईतवार व्रम्हायणीमा मेला शुरु भएको हो । प्रत्येक वर्ष दशैँको घटस्थापनासँगै नौ राते मेला शुरु हुन्छ । आज भक्तपुरको व्रह्मायणीसँगै विभिन्न शक्तिपीठमा भक्तजनको भीड छ ।

रातको समयमा मेला लाग्ने भएकोले स्थानीयहरु यसलाई नवरात अर्थात् नौ राते मेला भनेर बुझ्ने गर्दछन् । मेला बिहान पनि मेला लाग्छ तर बिहानको तुलनामा साँझको समयमा मेला भर्नेको संख्या धेरै हुन्छ । साँझमा बाजागाजाका साथ टोलटोलबाट भक्तजनहरू सहभागी हुने गर्दछन् ।

नवरातको नौ दिन नौ छुट्टाछुटै शक्तिपीठमा बिहान र साँझ दिनमा दुई पटक मेला लाग्ने गर्छ । यस अनुसार पहिलो दिन भक्तपुरको व्रम्हायणीमा मेला लाग्छ । अन्तिम दिन पनि यही ठाउँमा मेला लाग्छ । परम्पराअनुसार पहिलो दिन ब्रम्हायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौं दिन बाराही, छैटौं दिन इन्द्रयाणी, सातौ दिन महाकाली, आठौ दिन महालक्ष्मी, नवौं दिन त्रिपुरासुन्दरी र अन्तिम दिन अर्थात विजया दशमीको दिन फेरि ब्रम्हायणीमा मेला लाग्ने गर्छ ।