२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानविरुद्ध भारतको सहज जित



अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारतले सहज जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको हो ।

अहमदावादस्थित १ लाख ३० हजार बढी दर्शक क्षमता भएको नरेन्द्र मोदी स्टेडियममा पाकिस्तानले दिएको १९२ रनको लक्ष्य भारतले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो ।

भारतका लागि कप्तान रोहित शर्माले ६३ बलमा ८६ रनको बिष्फोटक पारी खेले । उनले ६र६ चौका र छक्का हिर्काए । यस्तै, विश्वकप डेब्यु गरेका शुभमन गिलले ११ बलमा १६ रन जोड्दा विराट कोहलीले पनि १८ बलमा १६ रन बनाए । श्रेयस ऐयरले ६२ बलमा ५३ रनको अर्धशतकीय इनिङ्स खेल्दै अविजित रहँदा केएल राहुलले २० बलमा १९ रनसहित उनलाई साथ दिए ।

पाकिस्तानका लागि शाहीन शाह अफ्रिदीले दुई तथा हसन अलीले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको पाकिस्तान ४२.५ ओभरमा अलआउट हुँदै १९१ रन जोडेको थियो । उसका लागि कप्तान बाबर आजमले ५८ बलमा ५० रनको पारी खेले भने मोहम्मद रिजवानले ४९, इमाम उल हकले ३६, अबदुल्लाह शफिकले २० तथा हसन अलीले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतका लागि जसप्रित बुमराह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या, कुलदीप यादव र रविन्द्र जडेजा सबैले समान दुई–दुई विकेट लिए ।

एकदिवसीय विश्वकपमा पाकिस्तानको भारतसँग यो आठौं हार हो । उसले भारतविरुद्ध जित निकाल्न सकेको छैन ।

अंक तालिका

१. भारत – ६ अंक (३ खेल)
२. न्युजील्यान्ड – ६ अंक (३ खेल)
३. दक्षिण अफ्रिका – ४ अंक (२ खेल)
४. पाकिस्तान – ४ अंक (३ खेल)
५. इङल्यान्ड – २ अंक (२ खेल)
६. बंगलादेश – २ अंक (३ खेल)
(श्रीलंका, अस्ट्रेलिया, नेदरल्यान्ड्स र अफगानिस्तान अंकविहीन छन् )