२० मंसिर २०८२, शनिबार
,
Latest
कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानविरुद्ध भारतको सहज जित



अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारतले सहज जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको हो ।

अहमदावादस्थित १ लाख ३० हजार बढी दर्शक क्षमता भएको नरेन्द्र मोदी स्टेडियममा पाकिस्तानले दिएको १९२ रनको लक्ष्य भारतले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो ।

भारतका लागि कप्तान रोहित शर्माले ६३ बलमा ८६ रनको बिष्फोटक पारी खेले । उनले ६र६ चौका र छक्का हिर्काए । यस्तै, विश्वकप डेब्यु गरेका शुभमन गिलले ११ बलमा १६ रन जोड्दा विराट कोहलीले पनि १८ बलमा १६ रन बनाए । श्रेयस ऐयरले ६२ बलमा ५३ रनको अर्धशतकीय इनिङ्स खेल्दै अविजित रहँदा केएल राहुलले २० बलमा १९ रनसहित उनलाई साथ दिए ।

पाकिस्तानका लागि शाहीन शाह अफ्रिदीले दुई तथा हसन अलीले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको पाकिस्तान ४२.५ ओभरमा अलआउट हुँदै १९१ रन जोडेको थियो । उसका लागि कप्तान बाबर आजमले ५८ बलमा ५० रनको पारी खेले भने मोहम्मद रिजवानले ४९, इमाम उल हकले ३६, अबदुल्लाह शफिकले २० तथा हसन अलीले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतका लागि जसप्रित बुमराह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या, कुलदीप यादव र रविन्द्र जडेजा सबैले समान दुई–दुई विकेट लिए ।

एकदिवसीय विश्वकपमा पाकिस्तानको भारतसँग यो आठौं हार हो । उसले भारतविरुद्ध जित निकाल्न सकेको छैन ।

अंक तालिका

१. भारत – ६ अंक (३ खेल)
२. न्युजील्यान्ड – ६ अंक (३ खेल)
३. दक्षिण अफ्रिका – ४ अंक (२ खेल)
४. पाकिस्तान – ४ अंक (३ खेल)
५. इङल्यान्ड – २ अंक (२ खेल)
६. बंगलादेश – २ अंक (३ खेल)
(श्रीलंका, अस्ट्रेलिया, नेदरल्यान्ड्स र अफगानिस्तान अंकविहीन छन् )