२४ भाद्र २०८३, बुधबार
,
Latest
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन कुनैपनि देशलाई दोषारोपण होइन, सहकार्य गर्नुपर्छः जलवायु विज्ञ मञ्जित ढकाल उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूजिल्याण्ड चुनावको प्रारम्भिक नतिजाले क्रिस्टोफर लक्सन प्रधानमन्त्री बन्ने सङ्केत



अ+ अ-

एजेन्सी । न्यूजिल्याण्डमा शनिबार आम निर्वाचनको मतदान सकिएको छ । अहिले मतगणना जारी छ । प्रारम्भिक नतिजाहरूले जसिन्डा आर्डनको नेतृत्वमा रहेको उदारवादी सरकारको छ वर्षपछि जनताले कट्टरपन्थी परिवर्तनको पक्षमा रुचि देखाएको देखिएको छ ।

करिब एक चौथाइ मतगणना भइसक्दा पूर्वव्यवसायी क्रिस्टोफर लक्सन मुलुकको अर्को प्रधानमन्त्री तयारीमा रहनुभएको छ ।

आफूसँग पूरा सरकार चलाउन ‘पर्याप्त क्षमता’ नभएको भन्दै आर्डर्नले अप्रत्याशितरूपमा गत जनवरीमा प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको थियो । पछिल्लो निर्वाचन उहाँले ठूलो मतान्तरले जित्नुभएको थियो तर कोभिड–१९ मा लगाइएको प्रतिबन्ध र मुद्रास्फीतिले अर्थतन्त्रलाई खतरामा पारेपछि उहाँको लोकप्रियता खस्केको थियो ।

उहाँले राजीनामा दिनुभएपछि ४५ वर्षीय क्रिस हिपकिन्स प्रधानमन्त्री बन्नुभयो । उहाँ यसअघि शिक्षामन्त्रीको जिम्मेबारीमा हुनुहुन्थ्यो ।

प्रारम्भिक मतगणनाले लक्सनको नेसनल पार्टीले ४० प्रतिशतभन्दा बढी मत हासिल गरेको देखाएको छ । न्यूजिल्याण्डको समानुपातिक मतदान प्रणालीअनुसार ५३ वर्षीय लक्सनले स्वतन्त्रतावादी एसीटी पार्टीसँग गठबन्धन गरेर सरकार बनाउने अपेक्षा गरिएको छ ।

यसैबीच हिपकिन्सको नेतृत्वमा रहेको लेबर पार्टीले २५ प्रतिशतमात्र मत प्राप्त गरेको छ । गत आम निर्वाचनमा आर्डर्नको नेतृत्वमा प्राप्त गरेको अनुपातमा यो करिब आधा मत हो ।

लक्सनले मध्यम आम्दानी गर्नेहरूका लागि कर कटौती गर्ने र अपराधमाथि नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । त्यस्तै हिपकिन्सले ३० वर्षभन्दा कम उमेर समूहका लागि निःशुल्क दन्त सेवा तथा फलफूल र तरकारीको विक्रीमाथिको कर हटाउने वाचा गर्नुभएको छ ।




भर्खरै