१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूजिल्याण्ड चुनावको प्रारम्भिक नतिजाले क्रिस्टोफर लक्सन प्रधानमन्त्री बन्ने सङ्केत



अ+ अ-

एजेन्सी । न्यूजिल्याण्डमा शनिबार आम निर्वाचनको मतदान सकिएको छ । अहिले मतगणना जारी छ । प्रारम्भिक नतिजाहरूले जसिन्डा आर्डनको नेतृत्वमा रहेको उदारवादी सरकारको छ वर्षपछि जनताले कट्टरपन्थी परिवर्तनको पक्षमा रुचि देखाएको देखिएको छ ।

करिब एक चौथाइ मतगणना भइसक्दा पूर्वव्यवसायी क्रिस्टोफर लक्सन मुलुकको अर्को प्रधानमन्त्री तयारीमा रहनुभएको छ ।

आफूसँग पूरा सरकार चलाउन ‘पर्याप्त क्षमता’ नभएको भन्दै आर्डर्नले अप्रत्याशितरूपमा गत जनवरीमा प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको थियो । पछिल्लो निर्वाचन उहाँले ठूलो मतान्तरले जित्नुभएको थियो तर कोभिड–१९ मा लगाइएको प्रतिबन्ध र मुद्रास्फीतिले अर्थतन्त्रलाई खतरामा पारेपछि उहाँको लोकप्रियता खस्केको थियो ।

उहाँले राजीनामा दिनुभएपछि ४५ वर्षीय क्रिस हिपकिन्स प्रधानमन्त्री बन्नुभयो । उहाँ यसअघि शिक्षामन्त्रीको जिम्मेबारीमा हुनुहुन्थ्यो ।

प्रारम्भिक मतगणनाले लक्सनको नेसनल पार्टीले ४० प्रतिशतभन्दा बढी मत हासिल गरेको देखाएको छ । न्यूजिल्याण्डको समानुपातिक मतदान प्रणालीअनुसार ५३ वर्षीय लक्सनले स्वतन्त्रतावादी एसीटी पार्टीसँग गठबन्धन गरेर सरकार बनाउने अपेक्षा गरिएको छ ।

यसैबीच हिपकिन्सको नेतृत्वमा रहेको लेबर पार्टीले २५ प्रतिशतमात्र मत प्राप्त गरेको छ । गत आम निर्वाचनमा आर्डर्नको नेतृत्वमा प्राप्त गरेको अनुपातमा यो करिब आधा मत हो ।

लक्सनले मध्यम आम्दानी गर्नेहरूका लागि कर कटौती गर्ने र अपराधमाथि नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । त्यस्तै हिपकिन्सले ३० वर्षभन्दा कम उमेर समूहका लागि निःशुल्क दन्त सेवा तथा फलफूल र तरकारीको विक्रीमाथिको कर हटाउने वाचा गर्नुभएको छ ।