५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी कांग्रेस: उद्धव थापाले दिए संसदीय दलको नेताबाट राजीनामा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको नेताबाट उद्धव थापाले राजीनामा दिनु भएको छ । थाापले  आज पत्रकार सम्मेलनको आयोजना गर्दै राजीनामा दिनु भएको हो ।

कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा आफ्नै पार्टीका सांसद कदार कार्की शनिबार नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेपछि थापाले नैतिकताको आधारमा राजीनामा दिनु भएको हो ।

केन्द्रले माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । तर, केन्द्रको निर्णय कार्यान्वयन गर्न नसकेपछि थापाले नैतिकता आधारमा राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।

गत वर्षको मंसिरमा सम्पन्न निर्वाचनमा समानुपातिक तर्फबाट सांसद बनेका उनले केदार कार्कीलाई नै हराएर संसदीय दलको नेतामा निर्वाचित हुनु भएको थियो ।