२९ मंसिर २०८२, सोमबार
,
Latest
यस्ता छन् एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’ गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न च्याउखेतीमा किसानको आकर्षण बढ्दो वन्यजन्तु पीडितलाई राहत रकम वितरण युक्रेन शान्ति वार्तामा युरोपको समर्थन ‘अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ’ एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग उपाध्यक्षमा प्रस्ताव गरिएका प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र दिए उम्मेदवारी चुनौतिपूर्ण राजनीतिको सामना गर्न महासचिवमै दोहोरिने निर्णय गरेँः शंकर पोखरेल अनिल सिन्हाको संयोजकत्वमा सरकारले बनायो दलहरूसँग संवादका लागि समिति
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी कांग्रेस: उद्धव थापाले दिए संसदीय दलको नेताबाट राजीनामा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको नेताबाट उद्धव थापाले राजीनामा दिनु भएको छ । थाापले  आज पत्रकार सम्मेलनको आयोजना गर्दै राजीनामा दिनु भएको हो ।

कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा आफ्नै पार्टीका सांसद कदार कार्की शनिबार नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेपछि थापाले नैतिकताको आधारमा राजीनामा दिनु भएको हो ।

केन्द्रले माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । तर, केन्द्रको निर्णय कार्यान्वयन गर्न नसकेपछि थापाले नैतिकता आधारमा राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।

गत वर्षको मंसिरमा सम्पन्न निर्वाचनमा समानुपातिक तर्फबाट सांसद बनेका उनले केदार कार्कीलाई नै हराएर संसदीय दलको नेतामा निर्वाचित हुनु भएको थियो ।