२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरिँदै काठमाडौंको स्वरुप (फोटो फिचर)



अ+ अ-

काठमाडौं शहर भन्ने बित्तिकै धुलो, धुवाँ, हिलो मनमा आइहाल्छ । काठमाडौं उपत्यकाका सडकको अवस्था नै यस्तै छ । जता हेयो, त्यतै धुवाँ र धुलो अनि खाल्डाखुल्डी । ट्राफिक जाम, पैदलयात्रुमैत्री फुटपाथ नहुनु लगायतका अन्य दुःखका कुरा मनमा खेल्ने गर्दछन् । न बिहान स्वच्छ हावा खाँदै मर्निङ वाक गर्ने स्थान छ त न कतै साँझ बिहान टहल्ने र बालबालिकासँग रमाउने खुला स्थान ।

शहरका यस्ता अव्यवस्थित स्थानले बिहान कार्यालय हिँडेको कर्मचारी कार्यालय पुग्नासाथ थकित हुन्छ, अर्थात जाँगर मर्छ । तर काठमाडौं उपत्यकाको स्वरुप फेरिँदैछ । नदी नालाको सरसफाई, सडक पेटी व्यवस्थित बनाउने, पार्कहरु निर्माण गर्ने कामले पूर्णता पाउन नसकेपनि बन्दै गरेको अवस्थाले आकर्षक देखिन थालेको छ, काठमाडौं । न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका फेरिन थालेको काठमाडौंका केही स्थान आजको फोटो फिचरमा ।