२२ असार २०८३, सोमबार
,
Latest
बेलिङ्घमको दुई गोलमा इङ्गल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनाधिकृत घुम्ति व्यापार गर्न नपाइने नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा केप भर्डेको विश्वकप यात्राबाट प्रेरित हुँदै नयाँ पुस्ताका खेलाडी ‘बजेटमा राजनीतिक विवाद, ओझेलमा विकासको बहस’
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकीर्तिमानी कुशलः करिअरको पहिलो तीन खेलमा लगातार अर्धशतक प्रहार गर्ने विश्वकै पहिलो ब्याट्सम्यान



अ+ अ-

काठमाडौं । नेपालका उदयमान ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले विश्वकीर्तिमान राख्न सफल भएका छन् ।  

उनले लगातार तेस्रो म्याचमा अर्धसतक पूरा गर्दै रेकर्ड राखेका हुन्  ।

त्रिकोणात्मक टी-२० सिरिज अन्तरगत जारी रहेको नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा उनले यस्तो रेकर्ड राखेका हुन् ।

कुशलले ४१ बलमा आफ्नो अर्धसतक पूरा गरेका हुन् । उनले १ छक्का र ६ चौका प्रहार गरेका छन् । यसअघि उनले आफ्नो डेब्यू खेलमा नेदरल्यान्ड्सविरुद्ध र दोस्रो खेलमा मलेसियाविरुद्ध अर्धशतकीय पारी खेलेका थिए ।

अन्तर्राष्ट्रिय टी-२० मा लगातार अर्धशतकको रेकर्ड न्यूजिल्याण्डका ब्रान्डन म्याकुलम र वेस्ट इन्डिजका क्रिस गेलले बनाएका छन् । उनीहरुले लगातार ४ अर्धसतकीय पारी खेलेका थिए।