१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनाधिकृत घुम्ति व्यापार गर्न नपाइने

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनाधिकृत घुम्ति व्यापार गर्न नपाइने
अ अ+ अ-

काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमति विना अनाधिकृत रूपमा घुम्ति व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने भएको छ ।

नगरपालिकाको क्षेत्राधिकार भित्र पूर्व स्वीकृति नलिई ढुवानी तथा सवारी साधनको प्रयोग गरी व्यवसाय गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने भएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टका अनुसार पालिकाको क्षेत्राधिकार भित्र अनधिकृत रूपमा मोटरसाइकल, टाँगा, रिक्सा, मिनी ट्रक लगायतका सवारी साधनहरू मार्फत पूर्व स्वीकृति विना व्यापार व्यवसाय गरि रहेको गुनासो आएपछि कडाई गरिएको हो ।

हाल नगरपालिकाको पूर्व स्वीकृति नलिई बजार तथा ग्रामीण क्षेत्रमा पुगेर घुम्ती व्यापार गर्नेहरूमा अधिकांश भारतीय नागरिकहरू रहेको पाइएको छ ।

पूर्व स्वीकृति विना व्यापार गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने अधिकृत बिष्टले स्पष्ट पार्नुभयो ।

यसैगरी, नगरपालिकाले सडक क्षेत्रलाई सुरक्षित र जोखिममुक्त बनाउन विशेष कार्य अगाडि बढाएको छ । स्थानीय सडक, सडक किनारा तथा अन्य सार्वजनिक स्थानहरूमा पशु चौपाया बाँध्ने एवं बालुवा, गिट्टी, ढुङ्गा, काठ, इँटा, माटो लगायतका निर्माण सामग्री थुपार्ने कार्यलाई निरुत्साहित गर्न लागिएको छ ।

नगरपालिकाको पूर्व स्वीकृति विना सडकमा निर्माण सामग्री थुपार्ने र सडक खनेर क्षति पु¥याउने कार्यले सर्वसाधारण तथा सवारी साधनको आवतजावतमा बाधा पुग्नुका साथै दुर्घटनाको जोखिम बढेकाले यस्ता कार्य नगर्न आग्रह गरिएको छ ।

“सडक क्षेत्रमा अवरोध पु¥याउने वा क्षति गर्ने कार्य गरिएको पाइएमा नगरपालिकाको सडक मापदण्ड कार्यविधि २०७६ बमोजिम कारबाही गरिनेछ,“ प्रमुख प्रशासकीय अधिकृत बिष्टले भन्नुभयो । नगरपालिकाले सडक अतिक्रमण हटाउन, अनधिकृत व्यापार रोक्न र सर्वसाधारणलाई सचेत पार्नका लागि नगर प्रहरी समेत परिचालन गरी निरन्तर रूपमा अनुगमन तथा सचेतीकरण कार्य गरिरहेको जनाएको छ ।