३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

बेलिङ्घमको दुई गोलमा इङ्गल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा

बेलिङ्घमको दुई गोलमा इङ्गल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा
अ+ अ-

काठमाडौं । जुड बेलिङ्घमकोे दुई गोलको मद्दतमा १० खेलाडीमा सीमित इङ्गल्यान्डले आजबिहान भएको खेलमा मेक्सिकोलाई ३–२ ले पराजित गर्दै विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

एस्टाडियो एज्टेकामा भएको खेलमा बेलिङ्घमले पहिलो हाफमा ९८ सेकेन्डको अन्तरमा दुई गोल गर्दै इङ्गल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए । कप्तान ह्यारी केनले दोस्रो हाफमा पेनाल्टीमार्फत अर्को गोल थपे ।

जारेल क्वान्साहले ५४औँ मिनेटमा रातो कार्ड पाएपछि इङ्गल्यान्ड १० खेलाडीमा सीमित भएको थियो । त्यसको छ मिनेटपछि एन्थोनी गोर्डनमाथि भएको फाउलमा प्राप्त पेनाल्टीलाई केनले गोलमा परिणत गर्दै टोलीको अग्रता ३–१ बनाएका थिए ।

मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले एक–एक गोल गरे । जिमेनेजले दोस्रो हाफमा पेनाल्टीमार्फत गोल गरेका थिए । त्यसपछि घरेलु टोलीले बराबरीका लागि दबाब बढाए पनि इङ्गल्यान्ड अग्रता जोगाउन सफल भयो । यो जितसँगै इङ्गल्यान्ड लगातार तेस्रो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ ।

अब उसले अन्तिम आठमा नर्वेको सामना गर्नेछ । इङ्गल्यान्डका प्रशिक्षक थोमस टुचेलले कठिन परिस्थितिमा पनि आफ्ना खेलाडीले संयम कायम राख्दै जित निकाल्न सफल भएको प्रतिक्रिया दिनुभयो । खेलअघि मेक्सिको सिटीमा आएको आँधीबेहरी र वर्षाका कारण निर्धारित समयभन्दा एक घण्टा ढिलो खेल सुरु भएको थियो ।

समुद्री सतहबाट दुई हजार २४० मिटर उचाइमा रहेको एज्टेका रङ्गशालामा ८० हजारभन्दा बढी दर्शक उपस्थित थिए । इङ्गल्यान्डले खेलको सुरुमै बेलिङ्घमकोे हेडमार्फत गोल गर्दै अग्रता लिएको थियो । त्यसको केही समयपछि केनको पासमा बेलिङ्घमले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

पहिलो हाफको अन्त्यतिर क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई खेलमा फर्काउने प्रयास गरेका थिए । दोस्रो हाफमा क्वान्साह रातो कार्ड पाएपछि इङ्गल्यान्ड दबाबमा परे पनि केनको पेनाल्टी गोलले टोलीलाई राहत दिलायो । अन्तिम २० मिनेटमा जिमेनेजले पेनाल्टीमार्फत मेक्सिकोको दोस्रो गोल गरे पनि इङ्गल्यान्डले बाँकी समय सफलतापूर्वक रक्षा गर्दै अन्तिम आठमा स्थान सुरक्षित ग¥यो ।