२९ श्रावण २०८३, शुक्रबार
,
Latest
बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा ११ किलो चाँदीका गरगहनासहित एक जना पक्राउ निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

केप भर्डेको विश्वकप यात्राबाट प्रेरित हुँदै नयाँ पुस्ताका खेलाडी



तस्बिर: एपी
अ+ अ-

काठमाडौँ। फिफा विश्वकपमा केप भर्डेको उत्साहजनक यात्रा अर्जेन्टिनासँगको ३–२ को हारसँगै शुक्रवार टुङ्गिएको छ । मैदानमा टोली पराजित भएपनि यस प्रदर्शनले स्वदेशमा भने नयाँ उत्साह र ऊर्जा सञ्चार गरेको छ ।

विशेषगरी राजधानी प्राइयामा रहेका बालबालिकाहरूमा राष्ट्रिय टोली ‘ब्लु साक्र्स’ बाट खेल्ने सपना पलाउन थालेको छ । इन्टिग्रेटेड फुटबल डेभलपमेन्ट स्कूलका प्रशिक्षार्थीहरू सुकुपिरा मैदानमा उत्साहका साथ फुटबलको आधारभूत सीप सिक्न व्यस्त देखिन्छन् ।

नीलो जर्सीमा सजिएका ती युवा खेलाडीहरूले पासिङ ड्रिल र सुटिङ अभ्यास गरिरहँदा अभिभावकहरूले मैदान बाहिरबाट उनीहरूलाई हौसला प्रदान गरिरहेका छन् ।

इपिआइएफका अध्यक्ष पेड्रो बेटेनकोर्टकाअनुसार विश्वकपमा केप भर्डेको उपस्थितिले फुटबललाई केवल खेलको रूपमा मात्र नभई उज्ज्वल भविष्यको मार्गका रूपमा हेर्ने अभिभावकहरूको सङ्ख्यामा वृद्धि भएको छ ।

‘विश्वकपमा राष्ट्रिय टोलीको पहुँचसँगै फुटबलले आफ्ना बालबालिकालाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन सक्छ भन्ने विश्वास अभिभावकहरूमा पलाएको छ’ बेटेनकोर्टले भने । उनले थपे, ‘हालका साताहरूमा फुटबल एकेडेमीहरूमा आफ्ना छोराछोरीलाई भर्ना गर्न चाहने अभिभावकहरूको रुचि निकै बढेको छ ।’

युवा खेलाडीहरूले राष्ट्रिय टोलीका सदस्यहरूलाई टाढाका ताराका रूपमा नभई आफ्नै प्रेरणाको स्रोत र उदाहरणका रूपमा हेर्न थालेका छन् । बेटेनकोर्टकाअनुसार बालबालिकाहरू भोजिन्हा, रायन, स्टोपिरा र जोभान काब्राल जस्ता खेलाडीहरू जस्तै बन्न चाहन्छन् ।

आफ्ना देशका खेलाडीहरूले मेसी र क्रिस्टियानो रोनाल्डो जस्ता विश्वचर्चित खेलाडीहरूसँगै एउटै मञ्च साझा गरेको देख्दा उनीहरूमा थप हौसला मिलेको छ ।

इपिआइएफमा प्रशिक्षणरत युवा गोलरक्षक डिओगो सिल्भा कारखबजिय राष्ट्रिय टोलीका गोलरक्षक भोजिन्हाका ठूला प्रशंसक हुन् । उनले भोजिन्हाको हस्ताक्षर भएको बुट समेत सुरक्षित राखेका छन् । ‘भोजिन्हाले स्पेनविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । म पनि गोलरक्षक भएकाले उनकै पदचाप पछ्याउन चाहन्छु’ डिओगोले बताए ।

अर्का युवा खेलाडी लियामले राष्ट्रिय टोलीका सदस्य टेल्मो आर्काञ्जो जस्तै वा त्योभन्दा पनि राम्रो खेलाडी बन्ने लक्ष्य राखेका छन् । उनी भन्छन्, ‘मलाई गोल गर्न र टोलीका साथीहरूसँग खेल्न असाध्यै मन पर्छ । फुटबलमा भविष्य बनाउन चाहनेले सुरुमा एकेडेमीमा आएर आधारभूत कुराहरू सिक्नु आवश्यक छ ।’

केप भर्डेको यसपटकको विश्वकप यात्राले मैदानमा नतिजा सोचेजस्तो नदिए पनि देशको फुटबलको भविष्यका लागि भने एउटा बलियो जग बसालेको देखिएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल