२२ असार २०८३, सोमबार
,
Latest
ऊर्जा मन्त्री श्रेष्ठका १०० दिन: १३८ मेगावाट विद्युत् थप, नीतिगत सुधारमा जोड बेलिङ्घमको दुई गोलमा इङ्गल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनाधिकृत घुम्ति व्यापार गर्न नपाइने नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा केप भर्डेको विश्वकप यात्राबाट प्रेरित हुँदै नयाँ पुस्ताका खेलाडी
तपाईं के खोज्दै हुनुहुन्छ ?

तालिबानको जेलबाट २८ सर्वसाधारण मुक्त



अ+ अ-

काबुल । अफगान सेनाले अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मान्डमा सोमबार राती शुरु  गरेको एक विशेष अभियानमा ६ जना सशस्त्र आतङककारी मारिएका छन् । सोही अभियानको क्रममा २८ जना व्यक्तिलाई तालिबानको जेलबाट मुक्त गरिएको सेनाले मङ्गलबार पुष्टि गरेको छ । 

अफगानिस्तान नेसनल आर्मीका कमाण्डोहरुले हेल्मान्ड प्रान्तको मुसा काला जिल्लाको वरपरका इलाकामा आतङ्ककारीलक्षित कारबाही गरेका थिए ।  सेनाले प्रकाशन गरेको विज्ञप्तिकाअनुसार मुक्त भएर सेनाका शिविरमा लगिएका ती व्यक्तिहरुका मेडिकल चेकअप  भएको थियो । 

तालिवान विद्रोहीहरु प्रायः गाउँ र राजमार्गबाट सर्वसाधारण र सुरक्षाकर्मीहरुलाई अपहरण गर्ने गरेका छन् । अपहरण परेका ती सर्वासाधारण र सुरक्षाकर्मीहरुलाई तालिबानहरुले जासूसी गरेको आरोप लगाउँदै सजाय दिने गरेका छन् ।  तालिबानी आतङकवादी समूहले सर्वासाधारण मुक्ति र सशस्त्र हतिहारधारी मारिएका विषयमा कुनै प्रतिक्रिया दिइसकेको छैन । (रासस/सिन्ह्वा)