२१ श्रावण २०८३, बिहीबार
,
Latest
लैङ्गिक हिंसा न्यूनीकरणका लागि प्रविधिमा आधारित सुरक्षा प्रणाली प्रभावकारी बनाइने लर्डबुद्धमा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ शुरु ग्रामीण विकासको प्रयोगशाला जिरी : इतिहास जोगाउने कि अवसर गुमाउने? गृहमन्त्रीकै प्रतिप्रश्न : तपाईंहरू सत्तामा हुँदा निर्मला पन्तका हत्यारा किन नसमातेको ? तीन अन्तर्राष्ट्रिय संस्थालाई स्पष्टीकरण सोध्न सरकारलाई कानून समितिले दिएको निर्देशनप्रति काँग्रेसको आपत्ति विश्व आदिवासी दिवसको तयारी पूरा, भृकुटीमण्डपदेखि टुँडिखेलसम्म सांस्कृतिक र्‍याली सांसद देवकोटाको प्रश्नः सरकारले गगन थापाको प्रसंशा हुने डरले स्वास्थ्य बीमा कार्यक्रम खारेज गर्न खोजेको… राष्ट्रियसभाको बैठक सुरु धवल शमशेरको आरोप – राप्रपाले राजाको नाममा भोट मात्रै बटुल्यो ग्यास नपाए वा कालोबजारी भए ९८५१११६७७३ मा फोन गर्न सरकारको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी सरकार: कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै



अ+ अ-

काठमाडौं। कोशी प्रदेशमा सरकार गठनका लागि भएका पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न नेपाली कांग्रेस प्रदेश कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

नयाँ मुख्यमन्त्रीमा केन्द्रीय गठबन्धनको निर्णयलाई चुनौती दिँदै कांग्रेस सांसद केदार कार्कीले नेकपा एमालेसँग मिलेर मुख्यमन्त्रीमा दाबी पेश गरेपछिको अबस्था बारे छलफल गर्न बैठक बोलाएको हो ।

बैठक दिउँसो १२ बजे बोलाईएको छ । पार्टी र सत्ता गठबन्धनको निर्णयविरुद्ध नेपाली कांग्रेसका ९ प्रदेशसभा सदस्य मिलेर केदारलाई मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुखलाई दाबी पेश गर्नुभएको छ ।

कार्कीलाई नेकपा एमालेका ३९ सांसद र काग्रेसका ८ सांसदको समर्थन रहेको छ । सत्ता गठबन्धनको बैठकले माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।




भर्खरै