काठमाडौं । त्रिकोणात्मक टी २० सिरिज अन्तरगत त्रिवि क्रिकेट मैदानमा जारी नेपाल र नेदरल्यान्ड्सविरुद्धको खेलमा नेदरल्यान्ड्सले पाँचौ विकेट पनि गुमाएको छ ।
नेपालले दिएको २०७ रन पछ्याएर जवाफमा ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सका पिटर सिलार १५ बलमा ३१ रन बनाउँदै आउट भएका हुन् । सन्दीप लामिछानेले उनलाई आउट गराएका हुन् ।
यसअघी नेदरल्यान्ड्सले पहिलो विकेटको रुपमा म्याक्स ओडाउडलाई गुमाएको थियो । उनलाई लामिछानेले नै बोल्ड आउट गरेका थिए ।
तेस्रो विकेटको रुपमा अर्धशतकीय पारी खेलेका बेन कुपरलाई सन्दीप लामिछानेले आउट गरेका हुन् ।
यस्तै नेदरल्यान्ड्सले आर्यान दत्तलाई चौंथो विकेटको रुपमा गुमाएको हो । नेपालका कुशल मल्लदे उनलाई शून्य बलमै आउट गरेका हुन् ।











