५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

महंगी र कृत्रिम अभावको नियन्त्रण गर्न सांसदहरुको माग



संघीय संसद
अ+ अ-

काठमाडौँ । चाडपर्वको बेलामा दैनिक उपभोग्य वस्तुहरुको कृतिम अभाव गराएर महंगी बढाइएको भन्दै प्रतिनिधि सभा सदस्यहरुले महंगि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्यहरुले चाडपर्वको बेलामा महंगी बढेको बताएका हुन् । उनीहरुले दैनिक उपभोग्य खाद्यान्नहरुको कृत्रिम अभाव सिर्जना गरिएको र कालोबजारी गरिएको भन्दै कालोबजारी नियन्त्रण गर्न सरकारलाई आग्रह गरेका छन् । बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य पदम गिरीले बजारमा चिनीको कृतिम अभाव सिर्जना गरिएको बताउनु भयो । उहाँले कालोबजारी मौलाएको भन्दै सरकारले कालोबजारीलाई प्रश्रय दिइरहेको बताउनुभयो । जनतामाथि खेलवाड नगर्न सरकारलाई चेतावनी समेत दिनुभयो ।

उहाँले भन्नुभयो – ‘स्थानीय तहका कर्मचारीहरुले गरेको शान्तिपूर्ण आन्दोलनमा सरकार निर्ममतापूर्वक दमनमा उत्रिएको छ । धेरै कर्मचारी साथीहरु घाइते हुनुभएको छ । म घाइते साथीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्न चाहान्छु र सरकारको उक्त कदमको म दु:ख व्यक्त गर्न चाहन्छु । चाडपर्वको सम्मुखमा चिनीको कृत्रिम अभाव सिर्जना गरिएको छ । नेपालका चिनी उद्योगीहरु सँग पर्याप्त मात्रामा चिनी अहिले पनि छ । तर त्यो बजारमा आउन सकेको छैन । बजारमा कालोबजारी मौलाएको छ । सरकारले कालोबजारीहरुलाई प्रश्रय दिने काम गरेको छ । जनतामाथि यति ठूलो खेलवाड सरकार नगरोस् । जनताले सहज रुपले उपभोग गर्नलाई कुण्ठित गर्ने काम सरकारको तर्फबाट नहोस् भन्ने माग गर्न चाहन्छु ।’

प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सरकारले महंगि नियन्त्रण गर्न नसकेको बताउनु भयो । उहाँले सरकारले महंगी नियन्त्रण गर्छ भन्नेमा जनतामा आशा पनि नरहेको बताउनु भयो । उहाँले सामाजिक सञ्जालमार्फत ठगिको घटना पनि भइरहेको भन्दै प्रविधिको प्रयोग गरी ठग्ने कार्यको अन्त्य गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो – ‘महंगिको बारेमा जति नै कुरा गरेपनि सरकारले यसलाई नियन्त्रण गर्न सकेन । जनतामा खास आशा पनि छैन । गाडी चढेर घर जाँदा बाटोमा परेका खाल्डाहरु पनि पनि पुरिएनन् । पछिल्लो समय ठगिको नयाँ धन्दा शुरु भएको छ । टिकटक, फेसबुक, इन्स्टाग्राम लगायत सामाजिक सञ्जालमा सामानको विज्ञापन गर्ने, सामान किन्नका लागि पैसा अनलाइनको माध्यमबाट भुक्तानी गरेपछि सामान पनि प्राप्त नहुने, त्यो एकाउन्ट पनि बन्द हुने । यो खालको प्रविधि प्रयोग गरेर ठगि धन्दा सुरु भएको छ । सरकारले तत्काल सम्बन्धित निकायलाई सक्रिय बनाएर प्रविधिको माध्यमबाट गरिने ठगिलाई अन्त्य गरोस् र त्यस्तो ठगि गर्नेलाई सख्त कारबाही गरोस् ।’

प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागीले उपभोग्य वस्तुको मुल्य अकासिएको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने बताउनु भयो । कालोबजारी बढेको, कृतिम अभाव भएको र गाडी भाडा बढाइएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिनिधि सभा सदस्य दीपा शर्माले नेपाल भारत सिमानाकामा सुरक्षाकर्मीले चेकजाँचको नाममा हैरानी दिइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । मुल्यवृद्धि नियन्त्रण गर्न अनुगमन गर्नुपर्ने उहाँले बताउनु भयो ।

प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमल्सिनाले किसानले महिनौँदेखि दुधको मूल्य नपाएका भन्दै किसानको रकम तत्काल भुक्तानी गर्न माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले चाडपर्वको समयमा बजार भाउको नियन्त्रण हुनुपर्ने बताउनु भयो । उहाँले दैनिक उपभोग्य सामग्रीहरुको अभावको परिपूर्ति गर्न सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।

प्रतिनिधि सभा सदस्य प्रेमबहादुर महर्जनले महंगी र अभावलाई हटाउन अनुगमन हुनुपर्ने बताउनु भयो । उहाँले सुलभ खाद्यान्न पसलको व्यवस्था गर्न र सुलभ टिकट र यातायातको व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले विद्यार्थीहरुलाई नेपालकै विश्वविद्यालयमा शिक्षा प्राप्त गर्न सहज वातावरण बनाउनुपर्ने बताउन ुभयो । उहाँले विदेशमा हुनसक्ने अन्य विपद्का घट्नाहरुप्रति सरकार सजग हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हाम्रो विश्वविद्यालयहरुको स्तरीकरण गर्ने र नेपालमा नै पठन पाठनको विश्वास जघाउने, र नेपालमा नै त्यसप्रकारका शिक्षाहरु प्राप्त गर्नको निम्ति सहज वातावरण बनाउने कुरातिर सरकारको गम्भिर ध्यान जानको निम्ति म विशेष अनुरोध गर्न चाहान्छु । संसारभरी त्यसप्रकारका परिस्थितिजन्य रुपमा आउनसक्ने घटनाहरुबाट सरकार शतर्क रहेर नेपाली नागरिकहरुलाई सुरक्षित बनाउने, फिर्ता बोलाउने र नेपालमा नै रहने, बस्ने, पढ्ने अध्ययन गर्ने आत्मविश्वास जघाउने गरी सरकारले विशेष पहल गर्नको निम्ति पनि म हार्दिक अनुरोध गर्न चाहन्छु ।’

प्रतिनिधि सभा सदस्य डोलप्रसाद अर्यालले गैर आवासिय नेपालीहरुलाई नागरिकता दिनका लागि गैर आवासिय नेपाली कार्ड अनिवार्य गर्नु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘गैर आवासिय नेपालीले अहिलेसम्म नागरिकता प्राप्त गर्न सकेका छैनन् । संविधान अनुसार ऐन आउन ८ वर्ष लाग्यो । बल्लबल्ल नियमावली आयो नियमावली राजपत्रमा प्रकाशित भएको एक महिनासम्म पनि नागरिकता दिने तयारी भएको छैन । गैर आवासिय नेपाली कार्ड प्राप्त नभएकै कारण गैर अवासिय नेपाली नागरिकताको अवधारणा ल्याइएको हो । फेरी त्यही कार्ड अनिवार्य गर्नु र कार्ड लिनका लागि महंगो शुल्क राख्नु नेपाली नागरिकमाथिकै धोका हो । यसलाई सच्याएर सहजै नागरिकता प्राप्त गर्ने वातावरण बनाउन ध्यानाकर्षण गराउँदछु ।’

उहाँले गैर अवासीय नेपालीहरुले सहज रुपमा नागरिकता पाउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।