१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलमा अवतरण गर्‍यो नेपाल एयरलाइन्सको जहाज



अ+ अ-

काठमाडौँ । इजरायलमा रहेका नेपालीको उद्धारका लागि त्यसतर्फ प्रस्थान गरेको नेपाल वायु सेवा निगमको जहाज अवतरण गरेको छ ।

स्थानीय समयअनुसार दिउँसो १ बजेर ५५ मिनेटमा इजरायलको तेल अविवका विमानस्थलमा जहाज अवतरण गरेको हो ।

जहाज दुई घन्टा होल्ड हुने र ३ बजेर ५५ मिनेटमा नेपाल फर्कने बताइएको छ ।

नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये सो जहाजबाट २५० जना नेपाली स्वदेश फर्किँदैछन् ।

तस्बिर: परराष्ट्रमन्त्री एनपी साउदको सचिवालय ।