काठमाडौँ । इजरायलमा रहेका नेपालीको उद्धारका लागि त्यसतर्फ प्रस्थान गरेको नेपाल वायु सेवा निगमको जहाज अवतरण गरेको छ ।
स्थानीय समयअनुसार दिउँसो १ बजेर ५५ मिनेटमा इजरायलको तेल अविवका विमानस्थलमा जहाज अवतरण गरेको हो ।
जहाज दुई घन्टा होल्ड हुने र ३ बजेर ५५ मिनेटमा नेपाल फर्कने बताइएको छ ।
नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये सो जहाजबाट २५० जना नेपाली स्वदेश फर्किँदैछन् ।