७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

अख्तियारमा तनहुँबाट धेरै उजुरी

अख्तियारमा तनहुँबाट धेरै उजुरी
अ+ अ-

दमौली । गण्डकी प्रदेशस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तनहुँबाट धेरै उजुरी परेका छन् ।  प्रदेशका ११ जिल्लामध्ये एक वर्षको अवधिमा कास्की पहिलो र तनहुँ दोस्रो धेरै उजुरी पर्ने जिल्लाका रुपमा रहेका आयोगको कार्यालयले जनाएको छ ।

तनहुँमा आर्थिक वर्ष २०७९/८० मा एक सय ९४ उजुरी परेका छन् । गत आवमा आव २०७८/७९ बाट जिम्मेवारी सरी आएका थप ६५ उजुरी थपिएका थिए । कूल दुई सय ५९ मध्ये उक्त अवधिमा एक सय ८८ उजुरी फछ्र्योट भएका आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशमा धेरै उजुरी पर्नेमा कास्की पहिलो र तनहुँ दोस्रो स्थानमा छन् ।

कास्कीबाट एक वर्षको अवधिमा पाँच सय ८६ उजुरी परेको थियो । अघिल्लो वर्षको सरी आएका एक सय ७४ सहित सात सय ६० उजुरी रहेकामा पाँच सय ३७ उजुरी फछ्र्योट भएका आयोग कार्यालयले जनाएको छ ।

प्रवक्ता दाहालका अनुसार गोरखामा एक सय ४० मध्ये एक सय छ, मनाङमा २४ मध्ये १८, मुस्ताङमा २५ मध्ये १६, म्याग्दीमा ९४ मध्ये ७१, लमजुङमा ६९ मध्ये ५२, नवलपुरमा एक सय ४४ मध्ये ९३, पर्वतमा एक सय ८३ मध्ये एक सय २५ र बागलुङमा एक सय ५७ उजुरी रहेकामा एक सय १९ फछ्र्योट भएका छन् ।

आयोगमा प्रदेशका जिल्लाबाट घिल्लो वर्षकोसहित गत वर्ष कूल दुई हजार १८ उजुरी दर्ता भएकामा एक हजार चार सय ३७ फछ्र्योट भएका आयोगले जानकारी दिएको छ । आयोगमा अधिकांश उजुरी स्थानीय तहका पर्ने गरेका छन् ।

स्थानीय तहले नदीजन्य वस्तुको निकासी तथा जथाभावी दोहन, दोहोरोरतेहोरो भुक्तानी र बिना काम भुक्तानी, घर नक्शा तथा बाटो, अन्य सिफारिसमा अनियमितता, करारमा कर्मचारी नियुक्ति गर्दा अनियमितता, जथाभावी भत्ता सुविधा लिने, नक्कली बिल भरपाई बनाइ भुक्तानी दिने, ठेकेदार र प्राविधिकसँग अवाञ्छित गतिविधिलगायत विषयमा उजुरी पर्ने गरेका प्रवक्ता दाहालले बताउनुभयो । उहाँका अनुसार आयोगमा तनहुँका दशवटै पालिकाका उजुरी परेका छन् । अख्तियारमा मापदण्ड बिना कार्यक्रम सञ्चालन, गुणस्तरीय काम नभएकोलगायत विषयमा धेरै उजुरी परेका दाहालले जानकारी दिनुभयो ।

स्वीकृत कार्यक्रमको लागत अनुमान, कार्यविधि, मापदण्ड नबनाइ कानुनी आधारबिना कार्यक्रम सञ्चालन, ठेक्कामा गएका पूर्वाधार आयोजनाको समय र लागतमा वृद्धि, कानुन बमोजिम गठित विभिन्न अनुगमन तथा समितिको काम कारबाही र अनुगमन फितलो देखिएको, अनुगमनकर्ता अनुगमनका सूचक र विधिबारे जानकार नभइ अनुगमन गर्ने गरेको, अनुगमनबाट प्राप्त निष्कर्ष योजना निर्माणमा समायोजन नगरिएको, कतिपय आयोजना छनोट कार्यको आवश्यकता र औचित्य पुष्टि हुन नसकेको, दोहोरो कर लिने गरेको, सरकारी, सार्वजनिक जग्गा अतिक्रमण बढेको, सरकारी उपयोगिता न्यून देखिएको, जमिनको संरक्षण गर्दै अतिक्रमण हटाउने कार्य निष्प्रभावी रहेको, रुग्ण आयोजना कार्यान्वयनमा सम्बन्धित निकायले चासो नदेखाएकोलगायत विषयमा बढी उजुरी पर्ने गरेको आयोग कार्यालयले जनाएको छ । रासस