२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिममा एमालेका सबै पदाधिकारी सर्वसम्मत



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीका सबै पदाधिकारी सर्वसम्मत भएका छन् ।

अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी, उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द उपसचिवमा कञ्चनपुरका नरबहादुर बिक र कैलालीकी भागरथी विष्ट सर्वसम्मत भएका हुन् ।

यसअघि उपाध्यक्षमा शाही हिजो नै सर्वसम्मत भएका थिए । तर, अन्य पदमा हिजो सहमति हुन नसकेपछि आज सहमति भएको हो ।

अध्यक्षमा भरत साउदले उम्मेदवारी फिर्ता लिएका थिए भने महिला उपसचिवमा कन्दकला रानाले उम्मेदवारी फिर्ता लिएकी थिइन् ।

साथै, सचिवमा रतन रेग्मी र अशोक चन्दले उम्मेदवारी फिर्ता लिए ।