४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

पूँजीगत खर्च र पूर्वाधार निर्माणमा किन लक्ष्य भेटिएन: अर्थ समिति

पूँजीगत खर्च र पूर्वाधार निर्माणमा किन लक्ष्य भेटिएन: अर्थ समिति
अ+ अ-

काठमाडौँ । प्रतितिनिधिसभा, अर्थ समितिले बजेट कार्यान्वयन, पूँजीगत खर्च, विकास लक्ष्य, कर्मचारी व्यवस्थापन र सार्वजनिक खरिद प्रक्रियालगायतका विषयमा उठ्दै आएका प्रश्नबारे सबै मन्त्रालय र सम्बन्धित निकायसँग जानकारी लिइरहेको छ ।

बजेट कार्यान्वयन भएन, पूँजीगत खर्च बढाउन सकिएन, विकास निर्माणले तीव्रता पाएन भनी सधैँभर सुन्नुपर्ने मात्र होइन, पूर्वाधार निर्माणमा लक्ष्यअनुरूप प्रगति हात नपर्ने अवस्थालाई सदाका लागि अन्त्य गर्ने हेतुले समितिले यसपटक सबै मन्त्रालयका नेतृत्वसँग बजेट कार्यान्वयनको अवस्था र चुनौतीबारे जानकारी माग गरेको हो ।

संसदीय समिति र सरकारले निर्देशन दिँदै जाने तर बजेट कार्यान्वयन हुन नसक्ने तथा पूर्वाधार निर्माण लक्ष्यमा पनि तात्विक भिन्नता नदेखिएको परिस्थति अन्त्य गर्न यसपटक विकाससँग सम्बन्धित मन्त्रालयका नेतृत्वसँग पूर्वबजेट छलफल गरेको सभापति कृष्णप्रसाद दाहालले जानकारी दिनुभयो ।

मुलुक सङ्घीयतामा प्रवेश गरेपछि तीन तहका साङ्गठनिक संरचनाबीच तादनत्म्यता नमिलेको, जनशक्ति पर्याप्त नभएको, सार्वजनिक खरिद कार्यविधि झण्झटिलो रहेको, लामो प्रक्रियाका कारण बजेट कार्यान्वयनमा चुनौती खडा भएकोे, निर्माण सामग्री सहजरूपमा समयमा उपलब्ध नभएको तथा वैदेशिक सहायताको शोधभर्ना लिने प्रक्रिया व्यावहारिक नदेखिएको भनी मन्त्रालयका तर्फबाट समितिमा गुनासो गरियो ।

नौ महिनामा पूँजीगत खर्चतर्फ ३० प्रतिशत

चालु आर्थिक वर्षमा नौ महिना बितिसक्दा हालसम्म कुनै पनि मन्त्रालयको पूँजीगत खर्चतर्फ ३० प्रतिशत नाघ्न नसकेको विकराल अवस्थाको जानकारी दिइएको छ । बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले चैतसम्म चालुतर्फ १७।५ प्रतिशत र पूँजीगत २२।६ प्रतिशत गरी कूल २०।५ प्रतिशत मन्त्रालयको समग्र वित्तीय प्रगति भएको जानकारी दिनुभयो । निर्माण ढाँचा, खर्च र समयावधि यकिन नगरी तथा विधि र प्रक्रियाको सुनिश्चिता नभई कार्यक्रम बजेटमा समावेश गर्ने प्रवृत्ति नै बजेट कार्यान्वयनको सबैभन्दा ठूलो चुनौतीको विषय रहेको मन्त्रालयका तर्फबाट साझा भावनाका रूपमा प्रस्तुत गरियो ।

सभापति दाहालले भन्नुभयो, “पूँजीगत खर्च र पूर्वाधार निर्माणका क्षेत्रमा तीन वर्षअघि जुन अवस्था थियो, अहिले पनि त्यही देखियो । सार्वजनिक खरिद ऐनमा केही समस्या छन् जसले हाम्रा विकास निर्माणका प्रक्रियालाई केही जटिल बनाएको छ । कार्यक्रम कार्यान्वयनका लागि भदौभित्र कार्यविधि बनाइसक्ने भने पनि कतिपयको हालसम्म पनि बनेकै छैन ।”  प्रत्येक आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत कमी कमजोरीलाई सुधार गर्ने हेतुले संसद् र संसदीय समितिले विगतदेखि नै पूर्वबजेट छलफल गर्दै आएका छन् ।

अर्थ समितिले अघिल्लो आर्थिक वर्ष काठमाडौँ उपत्यकाबाहिर ११ स्थानमा गएर स्थानीय नागरिक, निजी क्षेत्र, प्रदेश र स्थानीय तहका पदाधिकारी एवं बजेटले प्रभाव पार्ने सबै सरोकारबाला पक्षसगँ पूर्वबजेट छलफल गरी राय परामर्श लिएको थियो । चालु आव २०७७र७८ को नीति तथा कार्यक्रम र बजेटमाथिको पूर्व छलफल भने कोरोनाका कारणले स्थागन भएको थियो । अघिल्ला वर्षमा आफ्नो कार्यक्षेत्रभित्रका अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, लगानी बोर्ड, वित्त आयोगसँग मात्र पूर्व बजेट छलफल गर्दै आएको समितिले यस वर्ष भने विकास र पूर्वाधारसँग प्रत्यक्ष जोडिएका मन्त्रालयको नेतृत्वलाई बैठकमा डाकेर छलफल गरेको हो ।

चालु आवको चैत १५ गतेसम्मको बजेट कार्यान्वयन, रकमान्तर र शोधानान्तर थप बजेट निकासा र बजेट समर्पणको जानकारी दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइरालाले पूँजीगत ९भौतिक प्रगति ६० प्रतिशत तथा वित्तीय प्रगति ४० प्रतिशत० तथा चालु वित्तीय प्रगति ५० प्रतिशतसहित मन्त्रालयको बजेटको कूल वित्तीय प्रगति ४२ प्रतिशत रहेको बताउनुभयो ।

‘विकासे’ मन्त्रालयको नेतृत्वसँग पनि पूर्वबजेट छलफल गर्दै

समितिका सचिव सुरेन्द्र अर्याल भन्नुहुन्छ, “कोरोना र समयमा बजेट आएन भनेर दोष दिने एउटा कुरा हो, देखिने गरी सुधार केही भएन । वित्तीय अराजकताको दृष्टिकोण र बेरुजुको परिमाणको विश्लेषणबाट करिब १० वटा मन्त्रालयको हिस्सा ९० प्रतिशत देखाउँछ । पूँजीगत खर्चको पनि तिनै मन्त्रालयले ठूलो हिस्सा ओगटेका छन् ।” समितिले यसपटक त्यस्ता मन्त्रालयको नेतृत्वसँग बसेर वास्तविक समस्या के हो भन्ने उद्देश्यले समस्या पहिचान गरी सुधार गर्न आवश्यक सुझाव दिने उद्देश्यले कार्यक्षेत्र बाहिर गएर मुलुक र जनताका हितका खातिर विकासे मन्त्रालयसँग पनि छलफल गर्ने योजना बनाएको उहाँले जानकारी दिनुभयो ।

समितिले हालसम्म भौतिक पूर्वाधार तथा यातायात, शहरी, ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी, सङ्घीय मामिला तथा सामान्य प्रशासन, अर्थ, पर्यटन तथा नागरिक उड्डयन, कृषि तथा पशु विकास मन्त्रालयका नेतृत्वसँग बजेट कार्यान्वयनका समस्या, भौतिक पूर्वाधार निर्माण र पूँजीगत खर्चको अवस्थाबारे छलफल गरी जानकारी लिइसकेको छ ।

सबै मन्त्रालयसगँको छलफल सकेपछि समितिले हाल देखिएका समस्या समाधानका लागि नीतिगत, कानूनी र संरचनागत सुधार तथा जनशक्ति व्यवस्थापनका साथै जवाफदेही बनाउन आवश्यक निर्देशन दिने तयारी गरेको छ । आगामी बजेट निर्माणका बखत आयोजना पहुँचका आधारमा नभई देश र जनताको आवश्यकताका आधारमा छनोट गर्ने परिपाटी विकास गर्न पनि समितिले मन्त्रालयका नेतृत्वलाई सुझाव दिएको छ ।