२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब दक्ष नेपाली श्रमिक जर्मनी जान पाउने, आप्रवासन सम्बन्धी जर्मनीसँग श्रम सम्झौता



अ+ अ-

काठमाडौं: दक्ष श्रम आप्रवासन तथा ज्ञान आदानप्रदानसम्बन्धी संयुक्त घोषणापत्रमा जर्मनीको श्रम तथा सामाजिक मामिला मन्त्रालयमा मंगलबार दुबै देशका अधिकारीले हस्ताक्षर गरेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र जर्मनीका संघीय श्रम तथा सामाजिक मामिला मन्त्रालयका उपमन्त्री लियोनी गेबर्सको उपस्थितिमा जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का र जर्मनीको संघीय रोजगार एजेन्सीका निर्देशक माइकल भान डर क्यामेनले हस्ताक्षर गर्नु भएको श्रम मन्त्रालयले जनाएको छ ।

संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्नुअघि मन्त्री भण्डारीको नेतृत्वमा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल र जर्मन उपमन्त्रीको नेतृत्वमा उच्चस्तरीय जर्मन प्रतिनिधिमण्डलबीच द्विपक्षीय बैठक भएको थियो । सो अवसरमा दुवै प्रतिनिधिमण्डलका प्रमुखहरूले मुख्यत: नेपाल जर्मनी द्विपक्षीय सम्बन्ध, दक्ष श्रम आप्रवासन, कानुनी आप्रवासनप्रति नेपालको प्रतिबद्धता, श्रमिकको हित तथा सामाजिक सुरक्षा,
जर्मन भाषा तथा व्यावसायिक तालिम र सर्कुलर माइग्रेसनलगायत विषयमा विचार आदान प्रदान भएको थियो ।

तथापि यो प्रक्रिया कहिले र कुन कुन क्षेत्रका लागि खुला गरिने छ भन्ने प्रष्ट भइसकेको छैन ।

बैठकमा नेपालबाट जर्मनीमा न्यायोचित र कानुनी श्रम आप्रवासनको मार्गमा संयुक्त घोषणापत्रमा हस्ताक्षर हुनु पहिलो कदम हुने बताएका थिए । मन्त्री शरतसिंह भण्डारीले पारस्परिक लाभका सबै क्षेत्रमा जर्मनी सरकारसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताएका थिए ।

जर्मनीका उपमन्त्रीले संयुक्त घोषणापत्रमा हस्ताक्षरबाट जर्मन रोजगार बजारको आवश्यकता अनुसार नेपाली दक्ष कामदारहरूलाई आप्रवासनमा संस्थागत व्यवस्थाको लागि अगाडि बढ्ने मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गरेका थिए । उनले जर्मनीमा विदेशी दक्ष कामदार भर्ना गर्ने प्रक्रियालाई सहज बनाउन हाल कार्यान्वयनमा रहेको जर्मन स्किल्ड इमिग्रेसन एक्टको सकारात्मक पक्षबारे पनि प्रकाश पारेकी थिइन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी, जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का र श्रम, रोजगार तथा सामाजिक मन्त्रालय र परराष्ट्र मन्त्रालय र नेपाली दूतावास बर्लिनका अन्य अधिकारीहरूको समेत सहभागिता रहेको थियो ।