२९ भाद्र २०८३, सोमबार
,
Latest
‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक



अ+ अ-

काठमाडौँ । नेपालमा आयोजना हुने टी–ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार खेल तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार नेपालले पहिलो खेल यूएईसँग खेल्नेछ । प्रतियोगितामा नेपालसहित यूएई र हङकङ समावेश छन् । सिरिज कात्तिक १ गतेदेखि कात्तिक १० गतेसम्म काठमाडौँमा सञ्चालन हुने क्यानले जनाएको छ ।

नेपालले पहिलो खेल कात्तिक १ मा यूएईसँग र कात्तिक २ गते हङकङसँग खेल्नेछ । डबल राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । कात्तिक १० गते सिरिजको फाइनल खेल हुनेछ । प्रतियोगिताको फाइनल बाहेक सम्पुर्ण खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

टी–ट्वान्टी विश्वकप छनोट खेल्न लागेको नेपालले तयारीस्वरुप त्रिकोणात्मक सिरिजको आयोजना गरेको हो ।