२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलमा भएको घटनाप्रति मानव अधिकार आयोगको गम्भीर चासो



अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले इजरायलमा भएको हमलाबारे चासो जनाएको छ ।

आयोगले बुधबार वक्तव्य जारी गर्दै इजरायलमा भएको हमलाको कारण त्यहाँको शान्ति सुरक्षाको अवस्था चिन्ताजनक रहेको, हमलामा परी दश जना नेपालीहरुको दुःखद निधन भएको, केही घाइते भएको र केही असुरक्षित अवस्थामा रहेको जानकारी प्राप्त भएको भन्दै त्यसबारे चासो देखाएको हो ।

साथै, नेपाल सरकारबाट हालसम्म भइरहेका प्रयासको सराहना गर्दै सो विषयमा सरकारकाबाट भएको कार्यको यथार्थ जानकारी आयोगलाई उपलब्ध गराइदिन आयोगले नेपाल सरकारलाई पत्राचार गरेको जनाएको छ । हमलामा परी दुःखद निधन भएका मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति आयोगले समवेदना प्रकट समेत गरेको छ ।

साथै, आयोगले हमलामा परी निधन भएका नेपालीहरुको शव यथाशीघ्र स्वदेश ल्याउन, घाइतेहरुको स्वास्थ्योपचार गर्ने व्यवस्था मिलाउन, बेपत्ता रहेका नेपालीहरुको तत्काल खोजी गर्न, अप्ठ्यारोमा परेकाहरुको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न, पीडित एवं पीडित परिवारलाई राहतको व्यवस्था गर्न र स्वदेश फर्किने चाहना भएका नागरिकहरुलाई स्वदेश फर्काउनका लागि प्रभावकारी पहल गरी नागरिकको मानव अधिकारको सम्मान तथा संरक्षण गर्न समेत सरकारसमक्ष आग्रह गरेको छ ।