२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलमा भएको घटनाप्रति मानव अधिकार आयोगको गम्भीर चासो



अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले इजरायलमा भएको हमलाबारे चासो जनाएको छ ।

आयोगले बुधबार वक्तव्य जारी गर्दै इजरायलमा भएको हमलाको कारण त्यहाँको शान्ति सुरक्षाको अवस्था चिन्ताजनक रहेको, हमलामा परी दश जना नेपालीहरुको दुःखद निधन भएको, केही घाइते भएको र केही असुरक्षित अवस्थामा रहेको जानकारी प्राप्त भएको भन्दै त्यसबारे चासो देखाएको हो ।

साथै, नेपाल सरकारबाट हालसम्म भइरहेका प्रयासको सराहना गर्दै सो विषयमा सरकारकाबाट भएको कार्यको यथार्थ जानकारी आयोगलाई उपलब्ध गराइदिन आयोगले नेपाल सरकारलाई पत्राचार गरेको जनाएको छ । हमलामा परी दुःखद निधन भएका मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति आयोगले समवेदना प्रकट समेत गरेको छ ।

साथै, आयोगले हमलामा परी निधन भएका नेपालीहरुको शव यथाशीघ्र स्वदेश ल्याउन, घाइतेहरुको स्वास्थ्योपचार गर्ने व्यवस्था मिलाउन, बेपत्ता रहेका नेपालीहरुको तत्काल खोजी गर्न, अप्ठ्यारोमा परेकाहरुको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न, पीडित एवं पीडित परिवारलाई राहतको व्यवस्था गर्न र स्वदेश फर्किने चाहना भएका नागरिकहरुलाई स्वदेश फर्काउनका लागि प्रभावकारी पहल गरी नागरिकको मानव अधिकारको सम्मान तथा संरक्षण गर्न समेत सरकारसमक्ष आग्रह गरेको छ ।