२२ असार २०८३, सोमबार
,
Latest
सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा केप भर्डेको विश्वकप यात्राबाट प्रेरित हुँदै नयाँ पुस्ताका खेलाडी ‘बजेटमा राजनीतिक विवाद, ओझेलमा विकासको बहस’ २४ घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लाङ्टाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो घट्दै सर्पदंशको उपचार लिने बिरामी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपिएलः मुम्बई विरुद्ध दिल्लीको प्रभावशाली खेल, दिल्ली ६ विकेटले विजयी



अ+ अ-

चेन्नाईः इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मंगलबार राति सम्पन्न टी२० क्रिकेटमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई छ विकेटले पराजित गरेको छ ।

डिफेन्डिङ च्याम्पियन मुम्बईले प्रस्तुत गरेको १३८ रनको चुनौती  दिल्ली क्यापिटल्सले १९.१ ओभरमा चार विकेट गुमाएर पुरा गरेको थियो ।

दिल्लीका लागि शिखर धवनले ४५, स्टिभन स्मिथले ३३, ललित यादवले २२, कप्तान रिषभ पन्तले ७ र शिमरन हेटमायरले १४ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मुम्बईले चेन्नाईको सुस्त पिचमा २० ओभर खेल्दै ९ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले ४४, सूर्यकुमार यादवले २४, इसन किसनले २६ तथा जयन्त यादवले २३ रन बनाएका थिए । अन्य सात जना ब्याट्सम्यानले दोहोरो अंक समेत बनाउन सकेनन् ।

मुम्बईका पावर हिटरहरु हार्दिक पान्ड्या ०, क्रुनाल पान्ड्या १, कायरोन पोलार्ड २, क्विन्टन डि कक २ रनमै पभेलियन फर्केका थिए ।

दिल्ली क्यापिटल्सका लागि अमित मिश्रले सर्वाधिक चार विकेट लिएका थिए । अभेष खानले २, मार्कस स्टोइनिस, कागिसो राबाडा र ललित यादवले समान १–१ विकेट लिएका थिए ।

यो जितसँगै दिल्लीले ४ खेलबाट ६ अंक बनाएर लिगमा दोस्रो स्थानमा पुगेको छ । मुम्बई भने ४ अंक सहित चौथो स्थानमा छ ।