१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व बाथ रोग दिवसका अबसरमा नेशनल बाथरोग सेन्टरले सचेतनामुलक कार्यक्रम गर्दै



अ+ अ-

काठमाडौ । अक्टोबर १२ अर्थात भोली बिहिबार विश्व बाथ रोग दिवस मनाईदैछ । विश्व बाथरोग दिवसको अवसरमा नेशनल बाथरोग सेन्टरले सचेतनामुलक फोटो प्रर्दशनको आयोजना गर्ने भएको छ ।

नेपालमा बढ्दै गइरहेको बाथरोगको बारेमा जनचेतना जगाउन फोटो प्रर्दशनीको आयोजना गर्न लागिएको सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले जानकारी दिनुभयो ।

विश्वमा विकराल बन्दै गएको वाथ रोगबारे जनचेतना जोगाउनका लागि पनि विश्व बाथरोग दिवस मनाईदै आइरहेको छ ।

चिकित्सकहरुका अनुसार बाथ रोग समयमै उपचार नगर्दा त्यसले मान्छेको आयु घटाउंछ भने समयमै रोग पहिचान गरी उपचार गराए माशंपेशी तथा अस्थीपञ्जर दुख्ने समस्या अन्त्य हुन्छ । यो रोग लागेमा हड्डीमा बढी असर गर्ने र जोर्नी बढी दुख्ने चिकित्सकहरुको भनाई छ ।

विज्ञहरुका अनुसार बाथरोग दुई सय प्रकारका हुन्छन् र नेपालमा झण्डै १० लाखभन्दा बढी ब्यक्ति कुनैन कुनै प्रकारको बाथरोगबाट बिरामी छन् । बाथरोगका बिरामीले आङ्खनो दैनिक क्रियाकलापमा सक्रियता बढाएमा समस्या स्वत: कम भएर जाने विज्ञहरुले बताएका छन् ।