२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व बाथ रोग दिवसका अबसरमा नेशनल बाथरोग सेन्टरले सचेतनामुलक कार्यक्रम गर्दै



अ+ अ-

काठमाडौ । अक्टोबर १२ अर्थात भोली बिहिबार विश्व बाथ रोग दिवस मनाईदैछ । विश्व बाथरोग दिवसको अवसरमा नेशनल बाथरोग सेन्टरले सचेतनामुलक फोटो प्रर्दशनको आयोजना गर्ने भएको छ ।

नेपालमा बढ्दै गइरहेको बाथरोगको बारेमा जनचेतना जगाउन फोटो प्रर्दशनीको आयोजना गर्न लागिएको सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले जानकारी दिनुभयो ।

विश्वमा विकराल बन्दै गएको वाथ रोगबारे जनचेतना जोगाउनका लागि पनि विश्व बाथरोग दिवस मनाईदै आइरहेको छ ।

चिकित्सकहरुका अनुसार बाथ रोग समयमै उपचार नगर्दा त्यसले मान्छेको आयु घटाउंछ भने समयमै रोग पहिचान गरी उपचार गराए माशंपेशी तथा अस्थीपञ्जर दुख्ने समस्या अन्त्य हुन्छ । यो रोग लागेमा हड्डीमा बढी असर गर्ने र जोर्नी बढी दुख्ने चिकित्सकहरुको भनाई छ ।

विज्ञहरुका अनुसार बाथरोग दुई सय प्रकारका हुन्छन् र नेपालमा झण्डै १० लाखभन्दा बढी ब्यक्ति कुनैन कुनै प्रकारको बाथरोगबाट बिरामी छन् । बाथरोगका बिरामीले आङ्खनो दैनिक क्रियाकलापमा सक्रियता बढाएमा समस्या स्वत: कम भएर जाने विज्ञहरुले बताएका छन् ।