६ श्रावण २०८३, बुधबार
,
Latest
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आममाफी पाएका रिगललाई जेल चलान गर्न र पीडितलाई न्याय माग्दै माईतीघरमा आन्दोलन



अ+ अ-

काठमाडौं । महिला अधिकारकर्मीहरूले संविधान दिवसको अवसरमा सरकारबाट आम माफी पाएका योगराज ढकाललाई पुन: थुनामा राख्न माग गर्दै आन्दोलन गरेका छन् ।

बुधवार महिला अधिकारकर्मीहरूले आममाफी फिर्ता गरी उनलाई जेल चलान गर्न माग गर्दै बिरोध प्रदर्शन गरेका हुन् ।

उनलाई कैद मिनाह दिइएको भन्दै मृतककी पत्नी भारती मानन्धर माईतीघरमा अनसनरत हुनुहुन्छ । उनीहरुले चेतन मानन्धरको आत्मालाई शान्ती दिन माग गर्दै शान्तिपूर्ण खबरदारी बिरोध र्‍याली गरेका छन् ।

नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर व्यक्ति हत्या गरेको अभियोगमा जन्मकैदको सजाय पाएका योगराज ढकाल (रिगल) लाई सरकारले संविधान दिवसको अवसर पारेर कैद मिनाह गरेको थियो ।

रिगल २०७२ असार २८ मा नेपालगञ्जका चेतन मानन्धरको हत्या गरेको अभियोगमा दोषी ठहर भएका थिए । रिगल बिरुद्धको मुद्दामा सर्वोच्च अदालतले सरकार र राष्ट्रपति कार्यालयको नाममा समेत कारण देखाउ आदेश जारी गरिसकेको छ । आन्दोलनमा उत्रिएका महिला अधिकारकर्मी अञ्जु केसी श्रेष्ठले यो घटना संविधानको धज्जी उडाएको बताउनु भयो ।

उहाँले दिनदहाडै हत्या गरेको सजया सरकारले आममाफी दिनु भनेको अपराध भएको बताउनु भयो । त्यस्तै अर्की आन्दोलनकर्मी कल्पना बस्नेतले भारतीले न्याय पाउनुपर्ने र महिलामाथि हिंसा गर्नु नहुने बताउनु भयो । उहाँले आममाफी दिनेकाम फिर्ता गर्नुपर्ने बताउनु भयो । सकरारले महिलामाथि नै आक्रमण गरेको बताउनु भयो ।

आन्दोलनकारीहरुले भारतीले न्याय पाउनुपर्ने बताए । स्वतन्त्रता भनेको यही हो भन्दै प्रश्नसमेत गरेका छन् । आन्दोलनकर्मीहरुले विधिको शासन पालन गर्, हाम्रो जीवनको रक्षा गर सरकार, अपराधीलाई सम्मान गर्न बन्द गर्, जघन्य अपराधी रिगललाई जेल चलान गर् लगायतका प्लेकार्ड बोकेर बिरोध जनाएका थिए ।