२९ भाद्र २०८३, सोमबार
,
Latest
‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा फेरि शक्तिशाली भूकम्प



अ+ अ-

केही दिनअघिको शक्तिशाली भूकम्पले हल्लाएको पश्चिमी अफगानिस्तानमा आज बिहान फेरि ६.३ म्याग्नीच्युडको भूकम्प गएको छ ।

यसअघिका भूकम्पमा परेर हेरातका दुर्गम गाउँमा २ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । त्यहाँ राहत र उद्धारका काम जारी नै छन् ।

उद्धारकर्मीहरू घरका भग्नावशेषमा पुरिएका मानिसको खोजी गरिरहेका छन् ।

यहीबीच आज बिहान ५ बजेको आसपासमा तीनवटा शक्तिशाली भूकम्पका धक्का महशुस गरिएको अमेरिकी भूगर्भ केन्द्रले जनाएको छ ।

यस भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी प्राप्त भइनसकेको टोलो न्यूजले जनाएको छ । लगातारका परकम्पले अफगानिस्तानमा त्रासको वातावरण छ । एजेन्सी