२२ असार २०८३, सोमबार
,
Latest
ऊर्जा मन्त्री श्रेष्ठका १०० दिन: १३८ मेगावाट विद्युत् थप, नीतिगत सुधारमा जोड बेलिङ्घमको दुई गोलमा इङ्गल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनाधिकृत घुम्ति व्यापार गर्न नपाइने नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा केप भर्डेको विश्वकप यात्राबाट प्रेरित हुँदै नयाँ पुस्ताका खेलाडी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गिरफ्तार पत्रकारलाई अबिलम्ब रिहाइ गर्न जापानको आग्रह



अ+ अ-

दीपक गौतम

रटोकियो, जापान । जापानको विदेश मन्त्रालयले म्यानमारमा पक्राउ परेका जापानी पत्रकारलाई अबिलम्ब रिहाइ गर्न माग गरेको छ । जापानका विदेशमन्त्री मोतेगी तोशिमिचुले विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा म्यानमारको सेनाले नियन्त्रणमा लिएका जापानी पत्रकार हिरोकी किताज़ुमीलाइ तत्काल रिहाइ गर्न आग्रह गरेका हुन् । 

पत्रकार गिरफ्तारको बिषयमा म्यानमारको सेनासंग वार्ता वा छलफल नहुने उनले प्रस्ट पारेका छन् । "जापानले म्यानमारका सन्दर्भमा सम्बाद मार्फत समस्याको समाधान खोज्ने नीति लिएको भन्ने सुनेको छु" पत्रकार हामामोतोले विदेशमंत्री मोतेगीलाइ प्रश्न सोध्दै भने "के पत्रकारको रिहाइका लागि पनि सम्बाद गर्ने योजना हो ?" 

हामामोतोको प्रश्न पछि केहि आक्रोशित भएका विदेशमंत्री मोतेगीले भने "संवादको नीति लिएको भनेर कसले भन्यो ? पत्रकारले थपे "निहोनखेइजाइ सिनबुनको (जापानको आर्थिक पत्रिका)  एउटा लेखमा यस्तै उल्लेख गरिएको थियो ।" विदेश मन्त्रीले तुरुन्तै जवाफ दिदै भने "त्यसो भए निहोनखेइजाइ सिनबुनलाइ सोध्नुस ।" 

विदेशमंत्री मोतेगीको प्रस्तुतिले रिहाइको मागलाई ब्यवास्ता गरे जापान थप कठोर बन्ने संकेत गर्दछ । जापान भित्रै म्यानमार माथि प्रतिबन्ध लगाउन पर्ने आवाज चर्को छ।म्यानमारको सेनाले १८ तारिख साझ आफ्नै निवासमा बसिरहेका बेला  हिरोकी किताज़ुमीलाइ नियन्त्रणमा लिएको थियो ।