२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

राम पुण्य र मोक्षदायक: रामराज्यका प्रणेता

राम पुण्य र मोक्षदायक: रामराज्यका प्रणेता
अ अ+ अ-

जनकपुरधाम । मर्यादा पुरूषोत्तम भगवान रामको जन्मजयन्ती आज जनकपुरधाममा श्रद्धा एवं हर्षोल्लास साथ मनाइँदै छ  । रामको प्रेमभूमि र ससुराली, सीताको जन्मभूमि जनकपुरधामको प्राचीन राम मन्दिरमा आयोजित जन्मजयन्तीमा श्रद्धालु र साधुसन्तको सहभागिता रहेको छ भने सो परिसरमा श्रद्धालुद्वारा भजन, कीर्तनका साथै मिथिलाञ्चलमा जन्म संस्कारमा गाइने गीतले वास्तविक जन्मोत्सव झैँ अनुभति भइरहेको छ । 

राम मन्दिरका महन्त राम गिरि कोरोना त्रासका कारण विगतभन्दा यसपटक श्रद्धालुको उपस्थिति कम भएको बताउनुहुन्छ । कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै सहभागीले श्रद्धालु सरकारद्वारा जारी स्वास्थ्य मापदण्ड अपनाएर नै पूजा अर्चना गरिरहेको उहाँको भनाइ छ । त्रेता युगमा चैत शुक्ल नवमीका दिन रामको जन्म भएको शास्त्रमा उल्लेख छ र सोही दिनलाई रामनवमी भनिन्छ । भगवान राम सूर्यवंशी क्षत्रीय राजकूलका ६१औँ पुस्ताका राजा मानिन्छन् । उनी महाराजा दशरथका जेठा छोरा थिए ।

राम शब्द रम् धातुबाट बनेको हो जसको अर्थ क्रीडा, खेल र आनन्द हो । विद्वानहरूले यसलाई विभिन्न प्रकारले अर्थ लगाए पनि रामको अलौकिक सौन्दर्यमा जीव मात्रलाई रमाउने जुन क्षमता छ, त्यसैकारण भगवानको नाम राम परेको हो भनिन्छ ।राम परब्रम्ह, परम तप, परम तारक ब्रम्ह भएको विश्वासका आधारमा मानिसले आफ्ना सन्तति र ठाउँको नामसमेत राम राखेको पाइन्छ । यस सन्दर्भमा महर्षि वैदिक विश्वविद्यालयमा गरिएको एक शोधमा विश्वमा रामको नाम जोडिएका एक हजारभन्दा बढी शहरको नाम पत्ता लागेको छ ।

धार्मिक ग्र्रन्थहरूमा शिवको रामभक्ति, हनुमान, नारद, अत्रि, अनुसूया, भरत, शबरी आदिको भक्ति एवं उपासना अद्वितीय रहेको छ । कल्याण स्वरूप, सत्य स्वरूपका रूपमा पूजा गरिने राम पुण्य र मोक्षदायकको रुपमा अथ्र्याउने गरिन्छ । राम शब्द स्वयम्मा सच्चिदानन्द शब्द पनि हो । रामनवमी व्रत जसले गर्छ, उसले सम्पूर्ण पाप नाश गरी सिद्धि पाउँछ भनी विभिन्न शास्त्रमा वर्णन गरिएको छ । विश्वका महापुरूषको परम्परामा राम एक मात्र मर्यादा पुरूषोत्तम हुन् भन्ने उनको राज्य व्यवस्था र आदर्श लोकतन्त्रका लागि प्रेरणाको स्रोत मानिन्छ ।

आज पनि सुशासन, सुव्यवस्था आदि लोककल्याण्कारी आदर्श व्यवस्थाका लागि शास्त्रीय गुणलाई एउटै शब्दमा प्रष्ट अभिव्यक्ति दिन रामराज्य शब्दलाई पूर्ण मानिएको छ । अझ देशभक्ति, पितृभक्ति, मातृभक्ति, भ्रातृप्रेम, प्रजावात्सल्य, सरलता, सहिष्णुता, धार्मिकता, नैतिकता, क्षमाशीलता, वीरताका उदाहरण दिँदा पनि रामलाई नै सम्झिने गरिएको छ ।

जन्मजयन्तीका अवसरमा  प्रदेश–२ सरकारले सार्वजनिक बिदा दिएको छ भने स्थानीय प्रशासनबाट सहभागीहरुलाई स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरिएको छ । सामाजिक अभियानकर्मी भगवान झा यसपटक कोरोनाकै कारण साधुसन्तका सहभागिता पनि निकै कम रहेको बताउनुहुन्छ ।